OnlinePana

आज : २०८० मंसिर १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, आषाढ ३१, २०७७जुम्ला,
७४५ पटक

असार ३१ गते । अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्ला सँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ ।

भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको हो । वैठकमा कोभिडको जोखिमको बिषयमा समिक्षा सहित कसरी थप प्रभावकारी रुपमा प्रशासनहरुको तर्फबाटअन्तर जिल्लामा समेत समन्वय गर्ने भन्ने बिषयमा छलफल भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला सहित कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे .मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण निरौला ,जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार.सहितको सहभागितामा भर्चुअल वैठक गरिएको छ ।

प्रजिअ थापाका अनुसार कोरा्ना भाईरसले जिल्लामा परेको असरको अवस्था सहित तयारी र थप पूर्व तयारीका लागि भर्चुअल वैठकमा बृस्तृतमा छलफल भएको हो । यसैगरी प्रकोपको अवस्था र समस्या आईहायो भने कसरी सामना गर्ने लगयातका बिषयमा समेत प्रमुख जिल्ला अधिकारीहरु विचमा छलफल भएको छ । अहिलेको समसामयिक बिषय तथा विविध विषयमा सूचना आदान प्रदान गर्ने, समन्वय, सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता भएको छ । शान्ति सुरक्षा समेत थप प्रभावकारी समन्वय गर्ने, अन्तरजिल्ला जाने मानिसहरुका लागि पास सजिलो कसरी बनाउने बिषयमा छलफल भएको प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले वैठकको समन्वय गरेको र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा समेत थप समन्वय हुने प्रतिवद्धता भएको  प्रजिअ थापाले जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस्