OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ ३१, २०७७सुर्खेत
३२२ पटक

३१ असार २०७७, बुधबार

कर्णालीमा कोरोना संक्रमितहरुको संख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौं मान्छेमा कोरोना देखिदैछ छ तर राजधानी सुर्खेतको बीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।

नागरिकहरुमा बिगतको जस्तो कोरोना आतंक पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परेपनि अन्य व्यक्तिले यसलाई सामान्यरुपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ ।

त्यसले गर्दा पनि कोरोना संक्रमित हुने क्रम रोकिएिको छैन । आज पनि थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार यहाँ २७ जनामा संक्रमण देखिएको थियो । मंगलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना संक्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक संक्रमण देखिन थालेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याईका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताउनुभयो । “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन,” निर्देशक डा.खड्काले भन्नुभयो, “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।”

यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उहाँको भनाई थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको आरटी पिसिआरमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एक÷एक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनरायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको आरटी पिसिआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । महाशाखा प्रमुख डा.तिवारीका अनुसार आज २४ जना थपिएसँगै अब कर्णालीमा संक्रमितको संख्या एक हजार ७१४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्