OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ ३०, २०७७जुम्ला,
२०६८ पटक

जुम्ला असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना संक्रमण देखिएकाले स्थानीय प्रशासनले फेरी जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको जानकारी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि  निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा विभिन्न समयमा संक्रमित भएका १६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आईसुलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले जानकारी दिनुभयो । साथमा २ बालबालिका र ३ जना अभिभावक पनि भिन्नै आईसुलेसनमा राखिएको छ । उहाँका अनुसार पछिल्लो समयमा पनि सुत्केरीमा संक्रमण देखिएको छ । यसैगरी दुई जना कालिकोट फिल्डमा गएका स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिष्ठानमा अहिले सम्म ३ जना सुत्केरी संक्रमण भएपनि स्वास्थ्यकर्मीहरुले काम गरिरहेका प्रतिष्ठानले जानकारी दिएको छ । धमाधम सुत्केरी पोजेटिभ भएर आउदा पनि स्वास्थ्यकर्मीले जोखिममा काम गरिरहेका प्रशासकीय अधिकृत शाहीले थप्नुभयो ।

 

प्रतिकृया दिनुहोस्