कात्तिक २५, २०७५ नेत्र शाही ।
जुम्ला । जुम्लामा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेका छन् ।
दशै र तिहारको समयमा यहाँ चार जना महिलाहरु बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको पातारासी गाउँपालिका वडा न. २ की सिडि ( नाम परिवर्तित महिला ) कार्तिक १८ गते बलात्कृत भएकी छन् । पिडित महिलाको बयानको आधारमा जवरजस्ती करणीको नाममा सोही वडाका ४५ बर्षिय भैरे सार्कीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । यसैगरी तिला ४ की घास काटन गएकी दुई महिला कार्तिक १८ गते घर आउदा ४ जनाको समुहमा जवरजस्ती करणीमा परेका छन् । यो घटनामा ४ जनाको किटानी जाहेरी भएको छ भने बलात्कारीको खोजी तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कार्तिक १ गते यहाँको तातोपानी गाउँपालिका वडा २ का एक महिलालाई समेत बलात्कार गरिएको प्रहरीले जनाएको छ । सो घटनामा वडा नं ३ कै २६ बर्षिइ भक्त सार्कीलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
स्वास्थ्य परीक्षणमा कठिनाई ः
यसैगरी पिडित र पिडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा समस्या भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालिम प्राप्त चिकित्सक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले २०७५ कार्तिक २२ गते भने स्वास्थ्य परीक्षण गर्न भन्दै पत्राचार समेत गरेपछि प्रतिष्ठानका मेडिकल डाईरेक्टर डा. पुजन रोकायाको हस्ताक्षरीत प्रतिउत्तर पत्रमा फोरिजन विशेषज्ञ र तालिम प्राप्त चिकित्सक नहुदा प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न नसकिने भनिएको छ । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको र ढिला भएमा प्रमाणहरु नष्ट हुने डर भएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो ।
विशेषज्ञ डाक्टरको लागि गुहार ः
जिल्ला प्रहरी कार्यालयले भने विशेषज्ञ डाक्टर उपलब्धताका लागि संघीय ईकाई सुर्खेत – हाल नेपालगंजमा पत्राचार गरेको छ । यसको वोधाथृ प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई गरिएको छ ।
प्रतिष्ठानमा सो स्तरको तालिम प्राप्त चिकित्सक नभएको र राजपत्रमा उल्लेख भएअनुसार परीक्षण नहुने पत्र पठाएपछि पत्राचार तथा गुहार मागिएको प्रहरीले बताएको छ । परीक्षण जुम्ला नहुदा पिडित पक्षहरुलाई झन पिडित बनाएको पिडितहरुको गुनासो रहेको छ । यसैगरी करिब ३ महिना अघि पनि एक मेला हेर्न गएकी बालिका बलात्कृत सामुहिक बलात्कारमा परेकी थिईन् ।
कोरपाटी संवाददाताकार्तिक २५, २०७५काठमाडौं
६९८ पटक
- जुम्ला सड्क खण्डमा स्कुटर दुर्घटना : एककाे मृत्यु
- डोल्पा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाईते
- प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक पुनःस्थगित
- गुठिचौरमा आईएनफको सामाजिक लेखापरीक्षण सम्पन्न
- सरकार र प्रमुख प्रतिपक्षीबीच सहमति नहुँदा प्रदेशसभा बैठक बस्न सकेन
- मुगुमा स्वयंसेवी रक्तदाता समिति गठन
- कर्णालीमा मनाइयो स्नेह र मौलिकताको पर्व ‘साउने संक्रान्ति र देउडा’
- कनकासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न : लक्ष्य भन्दा बढि राजश्व उठाउन सफल
- कर्णालीका सडक पूर्वाधारको साताव्यापी निरीक्षणमा मन्त्री लम्साल
- फुटबलका पूर्व राष्ट्रिय कप्तानहरु सुर्खेतमा केन्द्रित




