OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १९, २०७५जुम्ला ।
९१८ पटक

खलंगा  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्ईसियु सेवा शुरु भएको छ ।
प्रतिष्ठानले आफ्नो गुुणस्तरीय सेवा विस्तारका लागि आईसियू शुरु गरिएको बताएको छ । हामीले सयौ विरामी आईसियू अभावका कारण जुम्लाबाट बाहिर जानुपर्ने अवस्थालाई रोक्न तथा सेवा सुविधाका लागि आईसियु सेवा शुरु गरेका छौ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
रजिष्ट्रार काफ्लेका अनुसार अव विशेष प्रकारका बिरामीलाई आईसियू अभावमा रिफर गर्नुपर्ने अवस्था छैन् । धेरै जनशक्ति आवश्यक पर्ने र धेरै महंगा उपकरण आवश्यक रहने आईसियूको तयारी भईसकेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानको आफ्नै व्लड वैंक, सिटिस्क्यान सेवा पनि मंशिर महिनामा शुरु हुने भएको छ । अव प्रतिष्ठानले ल्यावका सम्पूर्ण परीक्षण पनि यही हुने दावी गरेको छ । ल्यावका सम्पूर्ण सामग्रीहरु आईसकेका प्रतिष्ठानले जानकारी दिएको छ ।
आईसियू नहुदा धेरै विरामीहरु नेपालगंज र काठमाडौं रिफर गर्नुपर्ने समस्या भर्ईरहेको थियो । प्रतिष्ठानले पछिल्लो समयमा विभिन्न प्रकारका विशेषज्ञ स्वास्थ्य सेवाहरु समेत शुरु गरिरहेको छ ।
बिसं २०६८ सालमा तत्कालिन सांसद तथा हाल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान स्थापनाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन टेवुल गर्नुभएको थियो । ऐन पारित भएर प्रतिष्ठानको स्थापना पछि पछिल्लो समयमा प्रतिष्ठानले कर्णाली प्रदेश सहित १३ जिल्लाको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएको छ ।
प्रतिष्ठानले ३ सय शैया अस्पताल निर्माण गरी स्वास्थ्य सेवामा मेजर सल्यक्रिया देखी विभिन्न प्रकारका सेवाहरु निरन्तर बिस्तार गरिरहेको छ, भने स्वास्थ्य शिक्षामा स्टाफनर्स, हेल्थअसिष्टेन्ट, मिडवाफ्री अध्ययन गर्नुका साथै विपिएच, एमडिजिपी र एमविविएस (डाक्टर) अध्ययन गराउन तयारी भईरहेको छ । यसैगरी प्रतिष्ठानले कर्णाली तथा पिछडिएको क्षेत्रको स्वास्थ्य अनुसन्धानको समेत काम गरिरहेको कर्णाली प्रदेशको सवैभन्दा ठूलो स्वास्थ्य संरचना हो ।

प्रतिकृया दिनुहोस्