OnlinePana

आज : २०८३ आषाढ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०८३काठमाडौं
५ पटक

१९ असार २०८३, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सर्वसहमतिले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको २०औं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमवालीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित आगामी आव. २०८३÷०८४ को समग्र बजेट पारित गरियोस भनी सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव. २०८३÷०८४ को समग्र बजेट पारित गरियोस भनी सभामा प्रस्ताव गर्नुभयो । सभामुख गुरुङले सभाका सदस्यहरुको ध्वनि मतका आधारमा आव. २०८३÷०८४ बजेट सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । उहाँका अनुसार सभाको अर्को बैठक असार २२ गते सोमबार दिउसो ३ः०० बजे बस्नेछ ।

 

प्रतिकृया दिनुहोस्