OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही कार्तिक १६, २०७५जुम्ला
४१३ पटक

दिलमाया शाही जुम्ला कार्तिक १६।

पुरुषले प्रयोग गर्ने मदिरा सेवनका कारणले जुम्लाका महिला र बालबालिका पिडित भएका छन्। रातिको समयमा मदिरा सेवन गरिे घरमा आई कलह र हल्ला गर्ने भएकाले महिला र बालबालिका पिडित हुन् । मदिरा सेन गरि घरमा झगडा गर्दा महिला र बालिबालिकाको बिचली हुने गरेको तातोपानी गाउँपालिका ५ लाम्राका सत्यदेवि डाँगीले बताइन । उनले भनिन रातिको समयमा कतिपय महिलाहरु अर्काको घरमा जानु पर्ने अवस्था सृजना भएको छ । गाउँमा अहिले विकृति र विसंगति मौलाएको तर्फ संकेत गर्दे उनले महिला समूहहरु जाग्नु पर्ने बेला आएको बताइन।

महिला र बालबालिका असुरक्षित हुनु भनेको डर लाग्दो विषय भएको उल्लेख गर्दे डाँगीले घरमा शान्तिपूर्वक बस्ने अवस्था नरहेको उनको भनाइ छ । जुम्लामा यति बेला मदिराका विषयमा निकै चर्चा र परिचर्चा भइरहेको छ । मदिराकै कारणमा गाउँमा अशान्ति मच्चिएको भन्दै गुठिचौर गाउँपालिका ५देपालगाउँले मदिरा निषेधित वडा घोषणा गर्दै छ । मदिराले गाउँमा विकृति र विसंगति मौलाएको भन्दै वडाले खुल्ला रुपमा मदिरा विक्रि विरतणका लागि इजाजत पत्र लिएका पसलेहरुलाई १५ दिन भित्र गाउँपालिकामा जान सूचित गरि सकेको वडाध्यक्ष चन्द्रवहादुर नेपालीले जानकारी दिए ।
उनले भने इजाजत विना कोहि कसैले पनि मदिरा विक्रि वतरण गर्न नपाइने भएको छ । गाउँमा कसैले मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा सम्झाई बुझाई गर्ने र दोस्रो पटक त्यस्तो कार्य गरेको भेटिएमा कारबाहीको प्रक्रियामा जाने बताए । गुठिचौर ५ देपालगाउँमा रहेको नागरिक मञ्चले पनि जाँडरक्सी र जुवातास मुक्त गाउँ घोषणाका लागि पूर्ण रुपले सहयोग गर्ने बताएको छ । पहिलो चरणमा बजारबाट गाउँमा आउने घरेलु मदिरालाई निषेध गरिने बताउँदै अध्यक्ष नेपालीले गाउँमा उत्पादन हुने मदिरामा पनि बन्देज लगाउने बताए।

अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री–वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । मदिरा सेवनकै कारण जुम्लामा अप्रिय घटना भएपछि वडाध्यक्ष नेपालीको रोहबर र नागरिक मञ्चको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो । घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरूमा बिक्री वा सेवनमा रोक लगाउन स्थानीय महिला समूह, युवा क्लब एकजुट हुन थालेका छन् ।

मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुईवटा परिवारको आर्थिक अवस्थामा सुधार आए पनि सिंगो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष नेपालीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा सबैलाई जानकारी गराई मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । गाउँमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा जरिवाना गरिने बताए । सिंगो वडाका सबै बस्तीमा एकैपटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिने भएको छ । उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिने भएको छ। मदिरा नियन्त्रण गर्नको लागी जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि अभियान तिब्र रुपमा अगाडी बढाएको छ ।

प्रतिकृया दिनुहोस्