Skip Add

OnlinePana

आज : २०७७ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही ।कार्तिक १५, २०७५जुम्ला
५६ पटक

कर्णालीको बास्तविक जिबनशैली आफ्नै मौलिक पन झल्किने प्रकारको छ । यसको विशेषता पनि बग्लै छ । कर्णालीका स्थानियहरुले लागएको पोसाक देख्दा वा हेर्दा कर्णाली भन्दाका बाहिरका मान्छेहरुलाई लाग्न सक्छ, यी मान्छेहरु कुन युगमा छन् । र के लागाईरहेका छन् ? पहिलाका मानिसले कुनै उद्योग बाट नभई आफ्नै हातले बुनेका र बनाएका पहिरनले आफ्नो ज्युउलाई छोप्ने गथ्र्ये । तर पछिल्लो समयमा त्यस्ता खालका पहिरन लोप भएको छ.
पहिला लगाउने पहिरन।
पुरुषको पहिरनमा दोचा, दोफर, (जुत्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका पहिरन लगाउने गथ्र्ये भने महिलाहरुले पनि आफ्नै मौलिक पहिरनमा ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्का बादको डौठो, कालो काम्लो, कुकुर छाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो लगाउने चलन थियो ।
कर्णाली बासी सवैले यही पहिरनलाई आफु र आफ्नो प्रणा भन्दा पनि बढी माया गरेको पाईन्थ्यो ।स्थानिय मौलिक पहिरनमा खस नेपाली भाषामा मौलिक पन झल्काउने देउडा गाउदै र खेल्दै मेला पात उकाली ओराली झञ्याङ्ग गर्ने गथ्ये । आफ्नो भावि संन्ततीलाई पनि यहि पहिरन लगाउने अर्ति दिने गथ्र्ये ।
पछिल्लो समय जुम्लामा परापूर्व काल देखि लगाउदै आएको आफ्नो मौलिक पहिरनलाई कर्णाली बासीले २१ औँ शताव्दीमा आएर आफ्नो मौलिक पनलाई हराएर पश्चिमेली संस्कृतिलाई अंगाल्दै आफ्नो संस्कृतिलाई विर्सिएको बुढापाखाहरुको भनाई रहेको छ । विज्ञान र प्रविधि युग सम्म आई पुग्दा कर्णाली बासीले म को हुँ भन्ने परिचय नै गुमाई सकेका छन् । आज भोली कर्णाली वासीको आफनै पहिरन पहिलेका बाजे बराजुले मात्र लागाएको पाईन्छ । यसले गर्दा कर्णाली वासीको आफ्नै मौलिक पहिरन लोप भईसकेको छ ।
पुरानो पहिरन जोगाउन पर्ने।
अव कर्णालीका नयाँ पुस्ताले आफ्नो मौलिक पहिरनलाई जोगाउनको संरक्षणमा लाग्नु पर्ने वेला आएको छ । नेपालीपन झल्काउने पहिरनको सवैले आफ्नौ स्थान बाट संरक्षण गर्नु पर्ने वेला आएको छ । कुनै उत्सव र चार्डपर्वको समय मात्र नभएर सधैको लागि लगाउनु पर्छ । पुरुषको पहिरनमा दोचा, दोफर, (जुक्ता मोजा) उनीको सुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) उनीको पाखा कोट, भाँउरोको गादो, उनीकै पुरानो नेपाली टोपी लगाएतका सामाग्रि अहिले गाँउ घरका बुढा पाका मान्छे बाहेक अरु कसै संग पनि छैनन् । त्यस्तै महिलाको पहिरनमा, ठेटुवाको गावन, टुन्डेलाको फरीया, लहरे डौठो, फर्काबादको डौठो, कालो काम्लो, कुकुरछाप डौठो, ठेटुवाको घाग्रो, झम्के बुलाखि, फुलि, कल्ली, बाला, ज्याले, एक्गेडे माला, ठिमुराको माला, पातेमुन्ना, चाँडिको डरको माला, छिपो आदी परम्परागत लोप भैसकेका भई सकेका छन् ।
कर्णालीको रहनसहन, खानपिन, चालचलन लगायत बोलिचाली सवै पर्व उत्सवको आफ्नो मौलिकपन हराएको छ । यसलाई अवको नयाँ पुस्ता युवाहरुले कर्णाली बासीको मौलिकपनलाई बचाउन, संरक्षण गर्न र प्रर्वद्धन गर्नु पर्ने चुनौती देखिएको छ ।
शिला लेख किन, पुरानो प्रमाण मानिन्छ ।
भुपाल दामुपालको दुल्लु शिला लेखलाई नेपालि भाषाको सवै भन्दा पुरानो प्रमाण मानिन्छ । उक्त शिला लेख वि.सं. १०३८ तिर लेखिएको अनुमान छ । दुल्लु शिलालेख पछि फेला परेका अन्य शिलालेख, ताम्रा पत्र, कागजात प्रमाणले नेपाली भाषाको इतिहासको प्रामाणिक विकास क्रम अघि बढेको मानिन्छ ।
सिंजा राज्यका खसहरुको मातृ भाषा ‘खस कुरा’ अर्थात ‘सिंजाली बोली’ हो । सिंजाली बोलीलाई कतै जुम्ली भाषाको भनेको पाईन्छ । खस राज्यले राजकाजको भाषा अपनाएकोले त्यसको विकास भएको मानिन्छ । त्यस पछि बाईसे, चौबिसे राज्यमा समेत विस्तर हुदै गयो । नेपालको एकिकरणपछि राष्ट्रभाषाका रुपमा स्थापित भएको हो । खस कुरा क्रमश ‘पवृते बोली, गोरखा भाषा’ हुदै नेपाली भाषामा नामकरण हुन पुगेको हो संस्कृती बिद रमानन्द आचार्याले बताए ।
के के ले चिनिन्छ कर्णाली ।।
कर्णाली कला, भाषा, साहित्य, संस्कृति, पहिरन ,पर्यटन, भूगोल र पुराचात्विक क्षेत्रले चिनिने गरेको पाईन्छ । यिनै क्षेत्रको बिकास गर्न सिंजा सभ्यता विकास ऐन मास्यौदा तयार गर्न आवश्यक रहेको छ । संजा सभ्यतालाई सामान्य ढंगले चित्रण गर्न सम्भव छैन । यस बारे स्थानिय सरकार प्रदेश सरकारको पहल महत्वपूर्ण हुने जुम्लाका अगुवा नागरिक हरुले बताएका छन । नागरिकहरुलाई सक्षम तुल्याउन सक्नु आजको आवश्यकता हो । जनता जागे प्राकृतिक स्रोतहरुको उपयोगबाट भौगोलिक विकट पन हट्नेछ । सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धि क्रमश विकास हुने निश्चित देखिन्छ ।

प्रतिकृया दिनुहोस्