OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७७ बुटवल
४४४ पटक
सांकेतिक तस्विर

२७ जेठ २०७७, मंगलबार

रूपन्देहीमा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । मृतकहरु को–को हुन् भन्ने खुलेको छैन ।

गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग हादुर खत्रीका अनुसार प्रहरी अहिले घटनास्थल जाँदै छ। देश सञ्चारबाट ।

प्रतिकृया दिनुहोस्