OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही कार्तिक १५, २०७५जुम्ला
४०३ पटक

नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझैपनि छोराछोरीबीचको विभेद अन्त्यहुन सकेका्े छैन किशोरीहरुका अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको छैन् । सरकारले छोराछोरी लाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अबसर सम्मान तरिकाले दिने नीति भने ल्याएको छ। तर त्यो निति कागजीरुपमै सिमित छ । जुम्लाका किशोरीहरु उच्च शि=क्षा हाँसिल गर्न आकाशको फल आँखा तरीमर सरा भएको पाइन्छ,। छोरी पाँच काक्षा पास हुन बितिकै बाबु आमा बिच कता बिहे गरीदिउ भन्ने घर सल्ला सुरु हुन्छ । अनि छोरीको उम्मेयर १० वर्षको हुदा बिवाहाको तयारी गर्ने बाबु आमाको सोचले पनि जुम्लाका किशोरीहरु शिक्षा लिनबाट बञ्चित हुने गर्दछन ।सानो उम्मेयरमा बिवाहा , घरासीकामको ,बोज आर्थिक अभाव लगायतका बिभिन्न कारणले कर्णाली क्षेत्रका ग्रामिण बस्तीहरूका किशोरीहरू अझै पनि शिक्षाको पहुँचबाट टाढा छन ।=
छोरीप्रतिको सोचाइ ।
पराई घरमा जाने छोरीलाई पढाउनु हुदैन, छोरीहरू घर धन्दा मेलापात गर्ने जात हो भने र पढेर के नै गर्न सक्छन् र भन्ने सोच बाबुआमामा छ , चेतनाको अभावले मानिसको मस्तिष्क अझै परिवर्तन हुन सकेको छैन । छोरी सामुदायिक विद्यालयमा र छाराहरु निजि विद्यालयमा पढाईछ ।,सानै उमेरमा विबाह गरिदिने लगायतका कारणले कर्णालीका प्राय किशोरीहरू विद्यालय क्षेत्रबाहिर रहेका छन् ।
एसईई दिने बेलामा मात्रा छात्र भन्दा छात्राहरु बढी ।।
एसईई दिने बेलामा मात्रै बढि किशोरी आउने गर्को शिक्षा बिकास तथा समुन्वय इकाइको तथ्याक छ ,। संख्याको हिसाबले विद्यालयमा छात्रभन्दा छात्राहरू बढी छन , प्रावि देखि माध्यमिक स्तर सम्म ६० प्रतिशतले किशोरी घट्ने गरेको पाइएको छ । किशोरीहरूलाई विद्यालय क्षेत्र सम्म पु¥याउन भनेर भएका विभिन्न कार्यक्रमहरूले पनि उपलब्धी हासिल गर्न सकिएको अबस्था छैन् । जुम्लाका १० प्रतिशत किशोरी अहिले पनि विद्यालयको पहुँच बाट टाढा रहेका छन् । माथि उल्लेख गरिए झै विभिन्न कारणले यहाँका किशोरी विद्यालय जानबाट बन्चित छन् । आधारभुत विद्यालय देखि माध्यमिक विद्यालय गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन् । भने, विद्यार्थी जुम्लाका सामुदायिक विद्यालयमा मात्रै ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत छन् । त्यसको १० प्रतिशत विद्यार्थी अर्थात ( ३ हजार ६ सय
शिक्षाको पहुचमा ल्याउन पहल थाल्दैछ जिशिका ।
शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक वर्षको शैक्षिक सत्रमा किशोरीहरूको संख्या बढाउने लक्ष्य लिइ निरणतर रुपमा विद्यालय भर्ना अभियान सुरु गदै आएको छ, , तर एक वर्षमा भर्ना हुन्छन अर्को वर्षमा छोड्ने प्रबिधि पनि तेतिनै बढी छ । अझै पनि जुम्लाजिल्लाका ग्रामिन बस्तीका किशोरी शिक्षाको पहुजमा नपुगनुको मुख्य कारण जनचेतानाको कमी हो ,। भने आर्के कारण गरिबी हो , जसले ज्यालामजदुरी गरेर छार्क छटार्ने गरेका छन उनिहरुका छोरी हरु शिक्षा लिनबाट मात्र बञ्चित छैन यनिहरु बालबिवाहाको चपेटामा पनि परेका छन। बिद्याँलय बाहिर रहेका किशोरीहरूको संख्या बढ्न थालेको भगवाती प्रावी भण्डारीवाडाका प्रधानाध्यापक भिमबहादुर भण्डारीले बताए । यस विषयमा अब गाउँ शिक्षा समितिले विशेष ध्यान दिनु पर्नेमा समेत उनले जोड दिए । जुम्लामा प्रावि ९२, निमावी ३१ र माध्यमिक विद्यालय ४७ वटा रहेका छन् । ईसिडि लगायतका प्रावितहमा छात्र छात्रा गरी, १९ हजार २ सय ८४, निमावी तहमा ७ हजार ७ सय २९, माध्यमिक तहमा ४ हजार १ सय ४१ जना छात्र छात्राहरू अध्यायनरत रहेका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमहेशदत्त देवकोटाले बताए । उनका अनुसार यसमा पनि सदरमुकाम क्षेत्र भन्दा ग्रामिण बस्तीका किशोरीहरू बढि विद्यालय क्षेत्र बाहिर छन् । यस विषयमा स्थानीय सरकारले अब विशेष ध्यान दिएर किशोरी मैत्री कार्यक्रम गर्न आवश्यक रहेको छ । जुम्ला जिल्लाको तथ्यांक हेर्दा बिचमै पढाई छोडेर विद्यालय बाहिर जाने दलित किशोरीहरू बढि रहेका छन् । विद्यालय बाहिर रहेका जुम्लाका ३ हजार बढि किशोरीमध्य ७५ प्रतिशत दलित किशोरीहरु रहेका छन् । अझै पनि कर्णालीका दलित समुदायले छोरीलाई पढाउनु पर्छ ,
छोरा सरह छोरीले केहि गर्न सक्छन् भन्ने मानसिकतामा विकास हुन सकेको छैन् । जसले दलित समुदायका किशोरीहरू विद्यालयको पहुँच भन्दा बाहिर छन् जिल्ला शिक्षा तथा समुन्वय इकाइ कार्यालय जुम्लाका शाखा अधिकृत देवकोटाले भने। उनले भने हाम्रा्े समाजमा छोरीलाई पठन्पाठन्को लागी सहज बतावरण छैन , स्कुलमा छात्रामैत्रि सौचालय पनि छैनन् त्यस कारणले पनि छोरीलाइ बिद्याहरुमा पठनपाठनको लागी असज हुने भएको छ । भन्े अकार््े तर्फ दलित जातिकोआर्थिक अवस्था कमजोर भएकै कारणले पनि जुम्लाका दलित किशोरीले पढ्ने लेख्ने उमेरमा नै अधुरै पढाई छोडेर घर धन्दामा सिमित हुने गरेका छन ।
कति जनाको त मनमा पढने इच्छा भए पनि विद्यालय जान र पढ्न बाट बञ्चित भएका छन् । उनिहरूको एकमात्रै आशा कुनै दाता तथा सरकारले निशुल्क पढाउन व्यवस्था गरिदिए मेरी छोरी पढाउने थिए भन्ने अभिभावकको जफाव आउछ। आर्थिक अभावले नपढाएपनि कसैले त अर्का घरमा जाने छोरीलाई पढाएर के काम भन्ने जस्ता मनसायका कारण दलित समुदायका किशोरी विद्यालय बाहिर बढि भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवकोटाले बताए ।
छात्र बृत्तिले वर्ष भरी कापी कलम पनि किन्न पुग्दैन।।
सरकारले दलित छात्रबृत्तिका रूपमा दिने रकमले वर्ष भरी कापी कलम पनि किन्न पुग्दैन् चन्दननाथ नगरपालिका १ की रिता सार्कीले भनिन, घरमा दुईजना दाई छन् । हामी सबै पढाउने खर्च धान्न सक्ने अबस्था छैन् । पढाई छोड्नु रहर नभई बाध्यता भएको उनको दुखेसो छ । सार्की एक प्रतिनिधि पात्र मात्रै हुन, उनको जस्तै दुखेसोे जुम्लाका धेरै किशोरीहरूको छ । पढ्ने रहर हुँदा पनि आर्थिक अबस्था कमजोर भएपछि विद्यालय छोड्नुको विकल्पमा अरु केही छैन् ।
अलिकति नाम लेख्ने सम्म भए हामीलाई पुरा हुन्छ । तातोपानी गाउँपालिकाकी माया नेपाली भन्छिन, उच्च शिक्षा पढाउन्जेल सम्म खर्च धान्न ग्राह्रो हुन्छ । छोरालाई लगानी गर्ने कि छोरीलाई आमा बाबु पनि दोधार हुन्छन,। त्यसैले विचमै आफुले पढाई छोडेको नेपालीले बताईन । घरको अबस्था कमजोर भएकोले विहान बेलुका छाक जुटाउन मजदुरी आफैले गर्नु पर्छ ।विद्यालय जाने फुर्सद नभएको चन्नदनाथ नगरपालिका १ की सार्कीले बताईन । छात्रबृत्रिले न पोशाक किन्न पुग्छ, नत कापी कलम किन्न पुग्थ्छ त्यसैले रहर हुँदा पनि पढाई छोड्नु बाध्यता जस्तै भएको सार्की आफ्नो दुख सुनाईन । कापी कलम किन्न पनि नपुग्ने छात्रबृति दिनु भन्दा सरकारले बरु आर्थिक अबस्था हेरेर निशुल्क पढ्ने व्यवस्था गर्नु पर्ने दलित किशोरीहरूको माग छ ।
निजि बिद्यालयमा खर्च बढी ।
सदरमुकामका निजि विद्यालयहरूमा गाउँकाबाट पढाउदा र्नसरी देखीे ३ कक्षा सम्मको प्रत्येक वर्षको खर्च झण्डै ३० हजार बढि आउने गरेको स्थानियले बताएका छन् । जुम्लाका प्रया स्थानियहरूले सरकारले दिने छात्रबृद्धि प्रयाप्त नहुने बताएका छन् । आर्थिक अबस्था कमजोरका भएकै कारण शिक्षाबाट बन्चित किशोरीहरू लाई विद्यालयको पहुँचमा ल्याउन कुनै सहयोगको अपेक्षा गरेको भगवानी प्रथामिक विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले बताए ।हरेक स्थानीय सरकारले गुणस्तरी शिक्षा, आर्जनका लागि लाखौ बजेट छुटाएको बताईरहेका छन् ।
परिमणमा ग्रामिण बस्तीका किशोरी बिचमै विद्यालय छोडर चुलो चौको र मेलापातमा सिमित भएका छन् । त्यस तर्फ स्थानीय सरकार चासो दिएको छैन् । नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले भने, लाखौ बजेट छुटाउनु भन्दा किशोरी शिक्षा कार्यक्रमहरूलाई जोड दिनु पर्छ । जसले विद्यालय बाहिर रहेका किशोरालाई शिक्षाको पहुँचमा ल्याउन सहज हुने उनको बुझाई छ । ३६ हजार बढि जुम्लाका विद्यार्थी मध्ये ६० प्रतिशत किशोरी भएपनि १० प्रतिशत अहिले सम्म विद्यालय बाहिर हुनु दुखद पक्ष हो ।
शिक्षा बाट बाहिरनुको अर्को मुख्य कारण।।
किशोरीहरू शिक्षाकोे पहुँचबाट बाहिरनुको मुख्य कारण विद्यालयमा उपयुक्त किशो=मै मृत्यका सिकार हुने गर्दछन । विद्यालयमा पुर्ण रूपमा किशोरी मैत्री वाताबरण सृजना गर्नु पर्ने,भर्ना अभियनालाई झण्डा र नारामा मात्रै सिमित गर्नु हुदैन् । जुम्लामा क्रमिक बढ्दै गएको किशोरी विद्यालय क्षेत्र भन्दा बाहिर जाने दरलाई रोक्न सबै सरोकारवालाहरूले किशोरी मैत्री शिक्षा संचालन गर्ने गाउँगाउँमा परामर्शका कार्यक्रमहरू संञ्चालन गर्नु पर्ने शिक्षा प्रेमीहरूले बताएका छन् ।=।
=

प्रतिकृया दिनुहोस्