OnlinePana

आज : २०८३ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १६, २०८२
१८६ पटक

 

गोल्डेन बुढा/ जुम्ला,

चैत १६ गते । जुम्लामा जातीय विभेद विरूद्वकाे अभियाेगमा एक जना महिला पक्राउ परेकी छन् ।

जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोट कविता बुढा जातीय विभेद गरेको आरोपमा चैत १६ गते प्रहरीले पक्राउ गरेको जानकारी गरेकाे छ ।

चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा सोही गाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक लाेकेन्द्र अधिकारीले जानकारी दिनुभयाे। हाेटलमा अपशब्द प्रयोग गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

प्रतिकृया दिनुहोस्