OnlinePana

आज : २०८२ चैत्र ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ११, २०८२
३९ पटक

जुम्ला/चैत ११ गते । जुम्लामा कारागारका कैदीवन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा जुम्ला कारागारका कैदीवन्दीलाई स्वास्थ्य परीक्षण गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माका अनुसार विश्व क्षयरोग दिवसको अवसरमा कैदीवन्दी मध्ये ६२ जना स्वास्थ्य परीक्षण गरिएको छ । उहाँका अनुसार मानसिक स्वास्थ्य सम्बन्धि उपचार तथा परामर्श २१ जना, क्षयरोगको लागि सम्भाबित सिफारिस गरि परिक्षण गर्न पठाईएको ९ जना र उच्च रक्तचापका १० जना थिए ।

शिविरमा विशेषज्ञ तथा स्वास्थ्यकर्मीले कैदीबन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान गरिएको छ । मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायका विषयमा परामर्श गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ । जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।

कारागार भित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने छ । विश्व क्षयरोग दिवसका अवसरमा कैदीवन्दीको स्वास्थ्य परिक्षण गर्नुका साथै फलफुल पनि वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले पुस महिनामा समेत स्वास्थ्य शिविर राखेको जनाएको छ । कारागारमा रहेका मानिसहरुको स्वास्थ्यको अधिकार अन्तरगत स्वास्थ्य परीक्षण गरिएको छ ।

क्याप्सन ः जिल्ला कारागार जुम्लाका कैदीवन्दीलाई स्वास्थ्य परीक्षण गरिदै तस्बिर :जिल्ला जनस्वास्थ्य कार्यालय

प्रतिकृया दिनुहोस्