OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ २०, २०७७जुम्ला,
१०३४ पटक

खलङ्गा जेठ २० गते । जुम्लामा संक्रमित देखिएका १९ जना आईसुलेसनमा सुरक्षित राखिएको छ ।
भारतबाट आएका १६ जना, सुरक्षाकर्मी २ जना र एक जना स्वास्थ्यकर्मीलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाईनबाट आईसुलेसनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
संक्रमति भएका कसैलाई पनि अहिले सम्म कोरोनाको लक्षण नभएको तर तत्कालका लागि अन्य व्यवस्थापन नहुदा उनिहरुलाई आईसुलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी नतिजा पोजेटिभ आएका छुट्टै ब्लगमा रहेका थिए, उनिहरुलाई अस्पतालको आईसोलेसनमा ल्याईसकिएको छ । अन्य क्वारेन्टाईनमा रहेकालाई चाडै परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ ।
अव लक्षण भएकालाई मात्रै अस्पताल ल्याईने :
यता प्रतिष्ठानले बाहिरबाट आउनेको भने चाप अत्याधिक आएकाले परीक्षण गरेर लक्षण विहिनका व्यक्तिलाई सुरक्षित स्थानीय तह तथा अन्य स्थानमा राख्नुपर्ने र लक्षण देखिएकालाई अव अस्पताल ल्याईने जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ल्ले पोजेटिभ भएर लक्षण देखिएका र असर भएका ब्यक्तिमात्रै अस्पतालमा ल्याईने जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा जानकारी दिनुभयो ।
जिल्ला देखी तह सम्म एकिकृत क्वारेन्टाईन M
जिल्लामा नयाँ आउनु भएका गृह जिल्लाकै व्यक्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको वैठकमा सवै मिलेर कोभिडको सामाना गर्ने सहमति भएको छ ।
यता प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको वैठकमा जिल्लामा पूर्व तोकिएका स्थान देखी स्थानीय तहमा एकिकृत क्वारेन्टाईन बनाउने भएको निर्णय भएको छ ।
यसका साथै यस अघि निर्णय भएका जिल्ला सदरमुकामका समेत सवै संरचना प्रयोग हुने भएका छन् । तर सदरमुकामका सार्वजनिक स्थलमा क्वारेन्टाईन हुने बिषयमा चन्दननाथ नगरपालिकाले असहमति जनाएको छ । मेयर कान्तिका सेजुवालले असहमति जनाउनु भएको हो ।

यसैगरी वैठकमा स्थानीय तहका प्रमुखहरुले वाहिरबाट आउने व्यक्ति क्वारेन्टाईन भरिसकेकाले कित जिल्ला सदरमुकामका सरकारी संरचना प्रयोग गर्नदिनुपर्ने कित सुरक्षा गाउँका क्वारेन्टाईन पठाउन अनुरोध गरेका छन् । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले तिलाका सडक छेउका विद्यालयमा बनाईएका क्वारेन्टाईन भरिभराउ भईसकेका र अन्य मानिस आएकाले कठिन भएको बताउनुभयो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले १४० जना मानिसहरु गाउँपालिकामा आएर बसिसकेका तर सुरक्षा नभएका कारण भाग्ने डर भएको जानकारी दिनुभयो । उहाँले स्थानीय प्रशासनलाई पत्राचार समेत गरिसकेको जानकारी दिनुभयो । सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सुरक्षा व्यवस्था गाउँमा दिन अनुरोध गर्नुभयो । जिल्लामा भएको सवै सुरक्षालाई व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
लकडाउनको उलंघन गर्नेलाई कारवाही हुने ः
स्थानीय प्रशासनले लकडाउनको उलंघन गर्नेलाई कारवाही गर्ने भएको छ ।
यसैगरी कोरोना पोजेटिभ देखिएपनि बजारमा भिडभाड बढि भएकाले स्थानीय प्रशासनले लकडाउन कडा गर्ने भएको छ ।
लकडाउन पालन गर्न बजारमा माईकिङ गर्दै लकडाउन पालना गरौ, पालना नगर्नेलाई कानून अनुसार कारवाही गरिने चेतावनी दिईएको छ ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका स्थानीयतहमा एकिकृत क्वारेन्टाईन बनाएमा एक एक जना चिकित्सक खटाईने जनाएको छ । प्रतिष्ठानमा अहिले १२० वेड आईसुलेसन र १० वेड भेन्टिलेटर भएको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्