OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १९, २०७७जुम्ला,
२९३५ पटक

खलङ्गा जेठ १९ गते । जुम्ला जिल्लाको स्थानीय व्यक्ति पहिलो प्रमुख जिल्ला अधिकारीको पदमा भूपेन्द्र थापा जुम्ला आईपुग्नु भएको छ । गृह मन्त्रालयको प्रमुख जिल्ला अधिकारीहरु सरुवामा जुम्ला खटिनु भएका थापा गृह जिल्ला जुम्लामा आईपुग्नु भएको हो ।

पूर्वप्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पाल्पा सरुवा भएपछि जुम्ला खटिनु भएका थापा काठमाण्डौबाट सोमबार जुम्ला पुग्नु भएको छ । पाल्पा सरुवा हुनु भएका बञ्जाडे पनि पहिलो महिला सिडियोको रुपमा आउने अवसर पाउनु भएको थियो ।

जुम्ला चन्दननाथ नगरपालिका ८ जातिभिड निवासी थापाले नेपाल सरकार गृह मन्त्रालयमा उपसचिवको रुपमा काम गरिरहेको समयमा जुम्ला सरुवा भएर आउने अवसर पाउनु भएको छ । गृह जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर जुम्ला आउने थापाका लागि पहिलो अवसर जुटेको हो ।

प्रजिअको रूपमा उहाँलाई सरकारले सरुवा गरिसकेपछि जुम्ला आउने खबरले जुम्लावासीहरु उत्साहित हुनुका साथै समाजिक सञ्जालमा वधाई समेत धेरै पाएका थापा कोभिड १९ को जोखिम र रोकथाम अभियानको घडिमा आईपुग्नु भएको छ ।

आफु जुम्ला आई पुगेको जनाउँदै उहाँले अब तत्कालको संकट कोभिड रोकथापका लागि सवै मिलरे सामना गर्न सवै व्यक्ति, तहतप्का र निकायहरु सँग समन्वय गरि अगाडि बढ्ने बताउनुभयो । यस अघि डोल्पा र सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी नै भएर काम गरि सक्नुभएको छ भने जुम्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिरहेका थापा अहिले प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको छ ।

पिसिआर परीक्षण पछि मात्रै भेटघाट ः

कोभिड जोखिमको समयमा पिसिआर परीक्षण गराएर मात्रै काममा लाग्ने जानकारी दिनुभएको छ । आफु सुरक्षित बसेपनि, यात्रा गरेपछि एक जिल्लाबाट अर्को जिल्लामा आउदा सरकारको नियम अनुसार सेल्फ क्वारेन्टाईनमा बस्ने र पिसिआर रिपोर्ट पछि मात्रै अति आवश्यक भेटघाटमा लाग्ने उहाँले जानकारी दिनुभएको छ । प्रजिअ थापाका अनुसार सेल्फ क्वारेन्टाईनमा भएपनि टेलिफोन र सञ्चारबाटै काम पनि हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्