OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक ६, २०७५काठमाडौं
४३९ पटक

जुम्ला । जुम्लामा परम्परागत रुपमा मनाउदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । फुलपातिको दिनमा परम्परागत रुपमा घोडादौड प्रतियोगिता गरिदै आएको जुम्लामा यसपटक पनि उत्साहका साथ सम्पन्न भएको हो ।
झण्डै १५ बर्ष सम्म रोकिएको डेड दशकपछि तेस्रो पटक दशै २०७५ को अवसरमा शुरुवात गरिएको हो । “पुर्खा देखी चलेको परम्परालाई दिउ सम्मान, संस्कृतिलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ जिल्ला विकास समितिको आयोजनामा र कर्णाली खेलकुद क्लवको समन्वयमा फुलपातिको दिनमा ऐतिहासिक रुपमा घोडा दौड प्रतियोगिता सम्पन्न गरेको हो । खलंगाको राजासिममा आयोजना गरिएको दौड प्रतियोगितामा ३७ वटा घोडाको दौड प्रतिष्पर्धा गरिएको हो ।
प्रतियोगिता अन्तर्गत दौड तर्फ गुठिचौर गाउँपालीका १ का राजकुमार थापाको घोडा प्रथम, सोही वडाकै राज एडीको घोडा द्धितिय भएको छ । यसैगरी स्वास्थ्य जाँच तर्फ चन्दननाथ नगरपालीका ५ पुर्णचन्द्र चौलागाईको घोडा प्रथम, गुठिचौर गाउँपालीका १ का चक्र बुढाको घोडा द्धितिय र चन्दननाथ नगरपालीका २ का कालि बहादुर बुढ्थापाको घोडा तृतिय भएका छन । भने कदम विधा तर्फ पातारासी १ का शुक वहादुर एडीको घोडा प्रथम, चन्दननाथ नगरपालीका १० का डम्वर रोकायाको घोडा द्धितिय र चन्दननाथ नगरपालीका ११ का नरेश विष्टको घोडा तृतिय स्थान भएका छन् । सबै विधामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस ३ हजार, २ हजार र १ हजार रुपैया सहित प्रमाण पत्र समेत वितरण गरिएको छ ।
सहभागी ३४ वटै घोडालाई दाना खर्च स्वरुप प्रमाण पत्र सहित प्रति व्यक्ति ५ सय रुपैया दिईएको कर्णाली स्पोट्स क्लब जुम्लाका सचिव मधुराज न्यौपानेले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले आगामी दिनमा घोडा खच्चर कल्याणकारी कार्यक्रम गरिने बताउनुभयो । उहाँले जुम्ला जिल्लाका पुराना घोडाहरुको संरक्षणमा सरोकारवालाहरुले ध्यान दिन नसकेको बताउनु भयो ।

समापनमा बोल्दै कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले लोपन्मुख अवस्थामा रहेको घोडा दौड प्रतियोगितालाई संरक्षण गर्नको लागि कार्यक्रम गरिएको बताउनु भयो । यसैविच, जिल्लाका पुराना घोडा पालक कृषकहरुले सरोकारवाला निकायले ध्यान दिन नसकेका कारण झन्डै लोप हुने अवस्था रहेको बताएका छन् । उनीहरुले बढ्दो सहरीकरणले घोडाको चरन क्षेत्र ह्रास भएकाले समस्या भएको जानकारी दिएका छन् ।
विगत केहि वर्षयता जिल्ला स्थित सरोकारवालाको लापरबाहिका कारण घोडा दौड लोपउन्मुख अवस्थामा रहेको उहाँले बताउनु भयो । फुलपातीको अवसरमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा जुम्लाबासीको उल्लेख्य सहभागिता रहेको थियो ।
हाल जुम्ला बिमानस्थल भएको ठाउँमा पहिले फुलपातिको दिनमा घोडादौड प्रतियोगिता गरिने भएता पनि बि.सं २०५६।०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता सो कार्य रोकिएको वुढापाकाहरु बताउछन । स्थानीय ६८ बर्षका कालिबहादुर खत्रीका अनुसार विमानस्थल रहेको चौरमा घोडादौड प्रतियोगिता गरिने भएतापनि विमानस्थल निर्माणभएका कारण रोकिएको हो ।

प्रतिकृया दिनुहोस्