OnlinePana

आज : २०८२ पौष ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ३, २०८२
४२ पटक

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
 २०८२ पुष ३ गते ४:२२

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ ।

बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको मतदान बाँकी छ ।

रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियोे । एमालेको निर्वाचन आयोगले बिहान ५ बजेभित्र मतदान केन्द्र भित्र पसिसक्न सूचना जारी गरेको छ ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकाे प्यानल मैदानमा छ ।

 

प्रतिकृया दिनुहोस्