OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १४, २०७७जुम्ला,
१६८६ पटक

खलङ्गा जेठ १४ गते । जिल्लाको विकास र समृद्धिमा एउटा प्रमुख जिल्ला अधिकारीको भूमिका कति होला ? यसको हिसाव भने गर्न सकिदैन । तर पद भएर मात्रै हुदैन । व्यक्ति स्वयं चलायमान कति हुन्छ । सोही अनुसार काम हुने हो ।
प्रायगरी गृह मन्त्रालयले र प्रहरी प्रधान कार्यालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखहरुको सरुवा गर्ने समयमा एक पटक नाम हेर्ने चासो हुन्छ । त्यो स्वभाविक पनि हो । तर फर्किदा कसरी फर्कियो त्यसको मुल्यांकन जनताले गरिरहन्छन् ।
एक पत्रकारको आखाँले जिल्लामा प्रमुख जिल्ला अधिकारी मात्रै नभई सरोकारवालाहरुकोे काम स्वतन्त्र अवलोकन गर्ने मौका मिल्ने गरेको एक दशक बढि भयो । हाल जुम्लाबाट सरुवा भएर पाल्पा जानु भएको जुम्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले गरेका केही काम नेपालको प्रशासन क्षेत्रले केही सिक्नुपर्छ र उहाँले केही सुधानुपर्ने देखिन्छ ।
२०७५ फागुन १७ गते ११ बजे जिल्ला प्रशासनको टेलिफोनबाट मलाई फोन आयो त्यो फोन तत्कालिन समयका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठको थियो । उहाँले प्रमुख जिल्ला अधिकारी आउदै हुन्छ भन्ने खबर गर्नुभयो ? त्यसो भए पत्रकारहरु सँग भेटघाट गर्ने अवसर मिलाउनु पर्यो मैले भने । तत्कालको समन्वयमा त्यही दिन ३ बजे पत्रकार सम्मेलन गर्ने समय तय भयो । पत्रकार साथीहरु महिला सिडियो पहिलो पटक जुम्ला आउदै हुनुहुन्छ भन्ने बिषयमा उत्सुक हुनुहुन्थ्यो किनकी त्यो भन्दा पहिला सामाजिक सञ्जालमा जुम्लामा थाहाँ भईसकेको थियो । पहिलो दिनमै राष्ट्रिय स्तरमा पहिलो महिला सिडियो भन्ने समाचारले प्रथामिकता पायो ।
उहाँको पहिलो जुम्लाको भूमिमा टेकिएको पाईला र महशुसको अभिव्यक्तिमा निकै ठूलो उत्साह बोकेर आउनु भएको भाव देखिन्थ्यो भने अर्कोतिर समाचार एकाएक भाईरल हुदा चुनौति पनि बढेको थियो । प्रजिअ बञ्जाडे पाल्पाको जुम्लाबाट सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई जानुभएको छ ।
अव जाउँ बिदाई भएर नयाँ कार्यक्षेत्र पाल्पातिर आजै लाग्नु भएका जुम्लाका पूर्व प्रमुख जिल्ला अधिकारी बञ्जाडेका केही राम्रा कामतिर
सूचनामैत्री कार्यालय र सहज सेवा :
उहाँले सवैभन्दा पहिला आफ्नो कार्यालयको सकिने सुधारमा लाग्नुभयो । जिल्ला प्रशासन कार्यालयले सूचनामैत्री बनाउने प्रयास राम्रो देखियो । प्रशासनको सामाजिक सञ्जाल नियमित देखी वेवसाईट निरन्तरता बढ्यो । प्रअिज आफैले सामाजिक सञ्जालमा सूचना हाल्न थालेपछि सूचना पाउन सजिलो भयो । धेरै सूचनाका बिषय पत्रकारका खुराक बने । दोस्रो नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सहकार्यमा महासंघको स्थापना दिवसको अवसरमा जिल्लाका सवै कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक भयो ।
जिल्ला प्रशासन कार्यालयमै स्तनपान गृह, आराम कक्ष, सहायता कक्ष स्थापना गरेर काम सजिलो बनाउने काम भया्े । यस्ता कामले हिजोको जिल्ला प्रशासनका कर्मचारीको मुस्कान सहितको सेवामा परिवर्तन देखिन्छ । सक्रियता सँगै र निरन्तरताको आशा गरिएको छ ।
छाउपडि मुक्त अभियान :
अछाममा छुई भएको समयमा गोठमै एक महिलाको ज्यान गएको भन्ने खबरले मुलुक तातियो , गृह मन्त्रायले चालेको छाउपडि अभियानमा अन्य क्षेत्रमा गोठ भत्काउने काम भयो तर जुम्लामा महाअभियान सञ्चालन गरेर प्रतिवद्धता गर्ने काम भयो । जुम्लाकै ताम्तिको एक विद्यालयमा शिक्षक महिनावारीको समयमा कक्षाकोठा भित्र जान नसक्ने समाचार पछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका सवै तहमा छाउपडि उन्मुलन महाअभियान हुदै जिल्लामा बृहत महायज्ञ सहितको कार्यक्रम गरि सम्पन्न भयो । हरेक स्थानीय तहमा वडाध्यक्षको नेतृत्वमा छाउपडि बिरुद्धका दुतहरु घोषणा समेत गरियो ।
चन्दननाथको मूति फेला :
बहुचर्चित चन्दननाथको मुख्य मुर्ति दत्तात्रय यसै समयमा पत्ता लागेर प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी सहितको टिम धन्यवादको पात्र बन्यो । स्थानीयले वेवारिसे फालिएको स्थानबाट बाजागाजा र उत्सब सहित बजार परिकर्मा गरि चन्दननाथमा पुनस्र्थापना गरिएको छ । यद्यपी दोषी पत्ता लाग्न वाँकी रहेको छ ।
कोभिड १९ र शान्ति सुरक्षा :
प्रजिअ बञ्जाडेको समयमा खासै कठिन घटनाहरु त भएनन । शुरुवाती चरणमा बिप्लबको सुरक्षा थ्रेड व्यवस्थापन गर्न नेकपा बिप्लब माओवादीका २ नेताहरु चन्द्रविर तिरुवा र बिर्खबहादुर शाहीलाई पक्राउ गरियो । पछिल्लो समय भने एकाएक विश्वभरी फैलिएको कोभिड १९ ( कोरोना भाईरस ) रोकथाम अभियानमा क्वारेन्टाईन देखी जनचेतना अभियानमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिका पनि महत्वपूर्ण रहयो ।
संकटको घडिमा यहाँका स्थानीय तहले पनि निकै साथ दिए । अहिले सम्म कोरोनबाट जुम्ला सुरक्षित छ । स्थानीय तहमा बनाईएका क्वारेन्टाईनमा मानिसहरु भाग्ने भएपछि जिल्लाको एकिकृत क्वारेन्टाईन अहिले संचालन भईरहेको छ । अहिले एक जना मानिस पनि बाहिर गएको देखिदैन । जुम्लामा पिसिआर मेशिन नआई पूग्दा केन्द्रीय सरकारको समन्वयमा ३२४ जना भारत र तेस्रो मुलुकबाट आएका नागरिकको स्वाब संकलन गरि परीक्षण गरियो । अहिले जुम्लामै पिसिआरको दायर फराकिलो बन्दैछ ।
खसभाषाको अडियो नागरिक बडापत्र :
कार्यालयमा आउने सवै प्रकारका सेवाग्राही एउटै हुदैनन । यहाँको साक्षरताको दर हेरिसकेपछि जिल्ला प्रशासनमा अडियो नागरिकवडापत्र पनि राखिएको देखियो । एकातिर पढ्न नसक्नेका लागि त्यो काम लाग्यो भने अर्कोतिर दृष्टिविहिमैत्री भयो । जिल्ला प्रशासनमा सेवा लिन गएका दृष्टिविहिन व्यक्तिका अगुवा धनप्रसाद न्यौपानले अडियो नागरिक बडापत्रका लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
बञ्जाडेले यि वाहेकका धेरै कामहरु आफु जिल्लाबाट बाहिर जादा २ पृष्ठको पानामा पत्रकारहरुलाई हस्तान्तरण गरेर फर्किएकी छन् । आउदा सूझाव लिने र जादा भएका काम जानकारी गराउने यो राम्रो अभ्यास पनि हो । यो बेला लागु औषध र ब्राउन सुगरका २३ वटा मुद्धा दर्ता भए । आर्थिक सुशासन सँग जोडिएको आर्थिक बर्ष २०५९।०६० देखी २०७४।०७५ सम्म रहेको रु १६ लाख ४४ हजार मध्य असुल उपर हुनुपर्ने असुल भएको छ ।
के हुन सकेन ?
एउटा कार्यालय प्रमुखले कति परिवर्तन गर्न सक्छ र ? प्रमुख जिल्ला अधिकारीको टिम तत्कालिन समयको सहायक प्रजिअ देवेन्द्र श्रेष्ठ र हाल ओम प्रकाश देवकोटा सहित कर्मचारीहरुले निकै साथ दिए र फर्किदा सवैलाई उहाँले धन्यवाद पनि दिनुभयो । जिल्लाको कर्मचारी संरचनाले उत्तिकै सहयोग गर्यो । तर उहाँको कार्यकालमा आशा गरिएका केही बिषयमा खासै गहिरो आखा गएन संचारमाध्यामले उठाएको गुठीको जग्गा अतिक्रमणको बिषय खासै सुनुवाई भएन । हिमा गाउँपालिकाको बाजागाडामा रहेको रुपाकोट आधारभुत बिद्यालय दुई स्थान सम्म संचालन हुदा खासै टुंगोमा लागेन । छिटपुट शैक्षिक वेथिति यथावत छन् । लुकेका भ्रष्ट्राचारमा आखा नगएको गुनासो छ । केही स्थानीय तहमा विद्यालयका शिक्षक विद्यालय छोडेर गाउँपालिकाका शिक्षा शाखामा काम गरिरहेका छन् ।
कोभिड १९ को रोकथाम अभियानमा सर्वपरि सहयोग पाएको स्थानीय प्रशासनले बिपत कोषमा पैसा जम्मा नभएर जिल्लाको सहयोगी दाताहरु अन्यौल भएको जनप्रतिनिधीहरुको गुनासो रहयो । त्यो जिम्मा पछि स्थानीय तहले आफै गर्ने निर्णय भयो । धेरै जसो प्रमुख जिल्ला अधिकारीहरु गैससको कार्यक्रममा जाने र सजिलै हस्ताक्षर गरेर अगाडि बढ्ने काम प्रजिअ बञ्जाडेले ठप्प गर्नुभयो । यो काम अवको प्रमुख जिल्ला अधिकारीहरुले पनि बुझ्नुपर्ने हुन्छ । तर सकारात्मक काममा असहयोग भएको गैसस र गैसस महाघले गुनासो गरिरहयो । तर जिल्लाको गैससको अध्यावद्यिक भयो । यो कोभिडको समयमा पनि गैसस राहत दिन तयार भएपनि बिपत कोषमा दिन नपाएको गुनासो रहिरहयो ।
अर्को जिल्ला प्रशासन कार्यालय जसरी सूचनामैत्री भयो । अन्य कार्यालयहरुमा खासै आशा अनुसारको परिवर्तन हुन सकेन । स्थानीय तहमा आईटि अफिसर नै राखिएको छ । उहाँहरुले अव सूचना प्रणालीलाई जनताको पहुँचमा कसरी पुरयाउने थप जोड गर्नुपर्ने देखिन्छ । सवै सरकारी कार्यालयमा सहायता कक्ष आवश्यक छ । अझ स्थानीय तहले चाडै व्यवस्थापन गर्नुपर्ने छ । अहिले पनि केही स्थानीय तहको केन्द्र टुगो नलागेर लाखौ रुपैया घरभाडामा गएको छ । केही स्थानीय तहले लाखौ तिरेर प्राईभेट गाडि संचालन गरिरहेका छन् । यो रोक्नु छ । बनिरहेका संरचनाहरु मानव अधिकारमैत्री अपांगता मैत्री बनाउनुपर्ने हुन्छ । अव अहिलेको मुख्य कोभिड १९ रोकथाममा स्थानीय प्रशासन र स्थानीय तह र सरोकारवालाको पछिल्लो एक रुपताले जिल्लाको अवस्था अहिले जुन आकारमा छ । सोही अनुसार लड्यौ भने हामी सुरक्षित हुनेछौ ।

तथापी जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी सरकार परिवर्तन सँगै त फेरि रहन्थे , स्थायी सरकार भएपनि धेरै जिल्लामा समय अगावै सरुवा भए तर दुर्गा बञ्जाडेको अटुट साहस र समन्वयले जिल्लाको एउटा स्वरुप केही मात्रामा फेरिएको छ । जुन एक प्रकारको छाप बि.सं २०६४ सालको प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ल र प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहालको पनि छ ।
त्यो छाप, जुम्ली जनताको सहयोग, यहाँको मिडिया, नागरिक समाज, राजनैतिक दलको सहयोग सिकाईको पाठ भएको छ । त्यसैले त फर्किदा जिल्ला प्रशासनमा लकडाउन भित्र पनि फरक मावल र भिड थियो । वधाई छ, दुर्गा बञ्जाडे पूर्व प्रमुख जिल्ला अधिकारी जुम्ला । यहाँको थप कार्यकालको शुभकामना छ ।

प्रतिकृया दिनुहोस्