OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ १२, २०७७काठमाडौं
६९० पटक

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा गरिएको परीक्षणमा ३७ जनालाई सङ्क्रमण पुष्टि भएको छ, भने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा २१, भेरी अस्पतालमा नेपालगन्जमा ५ र प्रदेश अस्पतालमा सुर्खेत-पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा २ जना सङ्क्रमित पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु १५ देखि ५३ वर्ष उमेर समूहका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डाै टेकुमा गरिएको परीक्षण धनुषा नगराइन नगरपालिका ३ का ३ पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४, ५ र ६का ३ पुरुष छन् भने काठमाडौं टोखा नगरपालिका ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का ३ जना पुरुष छन् ।

बारा कलैया नगरपालिका कोटवाली १ का दुई जना पुरुष सङ्क्रमित छन् । रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का २६ जना सङ्क्रमित पुष्टि भएका छन् ।

यस्तै, बीपी कोइरोला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिकाका दुई जना पुरुष सङ्क्रमित छन् भने बर्दिया बाँसगढी ९ का एक जना पुरुष सङ्क्रमित छन् ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का चार जना पुरुषलाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा भएको परीक्षणमा बारा गढीमाई नगरपालिकाका २१ जना पुरुषलाई सङ्क्रमण भएको छ । यस्तै भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा दैलेख नारायणगढ नगरपालिका र ढुंगेधर गाउँपालिकाका चार पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने प्रदेश अस्पतालमा सुर्खेत-पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षण दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै सङ्क्रमितको संख्या ६७५ पुगेको छ । सङ्क्रमितमध्ये १०५ जना उपचार पछि निको भएका छन् भने ३ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्