OnlinePana

आज : २०८१ पौष १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८१ सुर्खेत
१०७ पटक

 २५ साउन २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपणमा जोड दिन सुझाउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘फलफुल र औषधिजन्य गुण भएका बिरुवा लगाऔं जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्” उहाँले भन्नुभयो, “पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दीगो विकासमा सहयोग पुर्याउँछ ।”
उहाँले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलका अनुसार जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले १६ प्रकारका फलफुलका बिरुवा रोपिएको बताउनुभयो । उहाँका अनुसार तल्लो क्षेत्रमा फल्ने स्याउ, अनार, आँप, बेलौती, कागती, लिची, एभोकाडो, अम्बा, अंगुर, अशोक, रुख कटहर, बरपिपल, रुद्राक्ष, स्वाँमी, बाँस, अम्लिसोसहित १६ प्रकारका बिरुवा लगाइएको छ ।

प्रतिकृया दिनुहोस्