OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०८१सुर्खेत
५८ पटक

६ बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले नेपालमा गरिखाने युग सुरुआत भएको बताउनुभएको छ ।

मुना डिजाईन सेन्टरद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित फ्रेम उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री सिंहले अधिकार प्राप्तिका हिसाबले नेपाली सम्पन्न भएको तर आफ्नो नभई अरुको मात्र मापन गर्ने प्रवृति बढेको टिप्पणी गर्नुभयो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछि कर्णाली बिगत १५ वर्ष पहिले भन्दा अहिले धेरै माथि उठेको उहाँको भनाई थियो ।

पूर्वमन्त्री सिंहले भन्नुभयो, “मान्छेहरु करिब रु.७० लाख खर्च गरी अवैध बाटोबाट रोजगारीका लागि अमेरिका गईरहेका छन् । खाडी मुलुकमा जानेको लाम पनि त्यस्तै छ । कर्मप्रति निष्ठावान भएर श्रम गरे आखिर आफ्नै भूमिमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण उद्यमी खड्काले दिनुभएको छ । निराश नबनौं बरु सबै युवाहरुले खड्का जस्तै उद्यमी बन्ने प्रयास गरौं ।”

आफू सरकारमा हुँदा ऐनमार्फत मात्र अनुदान वितरण गर्नुपर्ने र साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा दिनुपर्ने व्यवस्था गरिएको बताउँदै उहाँले सुरुआतमा व्यवस्था कार्यान्वयनमा कानूनी, संरचनात्मक र व्यवहारगत समस्या आएपनि संघीयताको लामो इतिहास बोकेका संसारका अन्य देश जस्तो अवस्थामा नेपाल नपुगेकोले यो व्यवस्थाबाट जनताको अवस्थामा परिवर्तन आउन केही समय लाग्ने जनाउनुभयो ।

उक्त कार्यक्रममा भूमि आयोग जाजरकोट अध्यक्ष सर्पराज रावतले गर्नेहरुले आफू स्वरोजगार भई अरुलाई रोजगार दिन सक्छन् भन्ने उदाहरण उद्यमी खड्काले दिएको बताउनुभयो । उहाँका अनुसार लगानी, काम र परिणाम हेर्दा उद्यमी खड्का नवयुवाका लागि प्रेरणाका स्रोत बनेका छन् । युवाहरुले विदेश जाने महत्वकाँक्षा हटाउनुपर्दछ ।

प्रोपाईटर हिमा उपाध्यायले कर्णालीमा भएका संभावना खोज्न सक्नुपर्नेमा जोड दिनुभयो । “स्थानीय सरकारले उद्यमीहरुलाई प्रोत्साहन दिने वातावरण तयार गरेका छैनन्,” उहाँले भन्नुभयो, “जनप्रतिनिधिहरुले उद्यमीप्रतिको बोली परिवर्तन गर्नुपर्दछ ।” अनुदानमा आशा राख्नु कमजोर हुनु हो भन्ने अथ्र्याउँदै प्रोपाईटर उपाध्यायले कर्ममा रमाउनेहरुका लागि शैक्षिक योग्यता आवश्यकता नहुने जनाउनुभयो ।

कम्प्युटर एशोसियसन नेपाल (क्यान)का संस्थापक कर्णाली अध्यक्ष पूर्णदेव अधिकारीले व्यवसायी तथा उद्यमशील युवाहरुलाई राज्यले काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । विकट जिल्लाबाट सुर्खेतमा आएर सानो लगानीमा प्रगति गर्न सफल उद्यमी खड्काले काम गर्न ठूलै लगानी हुनुपर्छ भन्ने नजिरलाई तोडेको उहाँको भनाई थियो ।

प्राविधिक पढ्नुभएका उद्यमी खड्काले डिजाईनको काम गर्दै करिब नौ वर्ष दौडानमा फ्रेम उद्योग जन्माउन सफल भइएको बताउनुभयो । उहाँले रु.१६ लाख लागतमा उद्योग सञ्चालन गरिएको बताउँदै युवाहरुले रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता नरहेको जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्