OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, चैत्र ४, २०८०जुम्ला,
८६ पटक

जुम्लाको सीता मा.वि रारालिहीमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेल र जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीले सरकारी वकिल काम कर्तब्य, व्यवस्थार अधिकार र मानव अधिकारको विषयमा सहजीकरण गर्नु भएको छ । सचेतना कार्यक्रमका उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता पौडेलले मुद्दाको परिभाषा, मुद्दा प्रक्रिया, कानूनी व्यवस्था लगायतका विभिन्न बिषयमा सहजीकराण गर्नु भयो । यसैगरी जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका सहायक न्यायधिवक्ता रेनुका राईले सरकारी वकिलको काम, कर्तब्यको बिषयमा सहजीकरण गर्नुभयो । उहाँले जिल्लामा लागु औषध दुव्र्यसनीको समस्या, यौन दुव्यवहार, करणी, हत्या, हिंसा लगायतका कस्ता प्रकृतिका, के घटना भईरहेका छन् । समुदायमा यस्ता घटनामा कसरी जोगिने र आवाज उठाउने बिषयमा विद्यार्थीलाई सहजीकरण गर्नु भयो ।

जिल्ला न्याधिवक्ता राईले मेला जादा, काम गर्न जादा करणीका घटना बढिरहेकोले यसमा छोरीहरु बढि सचेत हुन, केही समस्या हुदा प्रतिकार गर्न, कानूनी दायरमा आउन सहजीकरण गर्नुभयो । उहाँले वालवालिका होशियार नभएर विभिन्न घटनामा संलग्न भएको डर लाग्दो अवस्था रहेकाले यस बिषयमा सचेत गराउन समुदायमा कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका प्रमुख धनराज शाहीले मानव अधिकार र कानूनका बिषयमा सहजीकरण गर्नु भएको छ । उहाँले विद्यार्थीलाई आधारभुत मानव अधिकार र राज्यको कानूनको बिषयमा जानकारी लिन आवश्यक रहेको बताउनुभयो । उहाँले संवैधानिक अंगका रुपमा रहेको मानव अधिकार बृहत छ, विद्यालय, घर परिवार, कार्यालय, हरेक क्षेत्रमा मानव अधिकारको प्रयोग र आवश्यकता भएको भन्दै यसको संरचनाका विषयमा जानकारी दिनुभयो ।

समुदायमा सरकारी वकिल कार्यक्रमको अन्तरक्रियामा वालवालिकाले अहिले समाजमा भईरहेका सामाजिक घटनाहरुको कानूनी व्यवस्था, कारवाहीको बिषयमा जिज्ञासा राखेका थिए । त्यसको उत्तर सरकारी वकिल राईले दिनुभयो । वालवालिकाले बलात्कारीलाई किन मुद्दा कमजोर बनाईन्छ ? करणी भएमा हुने सजाय के के हुन ? मदिराका कारण हुने घरेलु हिंसा कसरी कम गर्ने भन्नेमा जिज्ञासा राखोका थिए ।
सरकारले नेपालको संविधान २०७२ र नेपाल कानून सहिँता २०७४ अनुसार नयाँ सहित लागु पश्चात भएका सामाजिक अपराधका घटनाको कसुरको सजायका विषयमा जानकारी गरिएको छ ।

जुम्ला सदरमुकामबाट गाडिमा एक घण्टा लाग्ने रारालिही सँगै जिल्लामा समुदाय सँग सरकारी वकिल कार्यक्रम अन्तरगत रत्नचुडेश्वर मावि वोहोरा गाउँ, ऋणमोक्ष मावि. डिल्लीचौर, दुर्गा मावि लाम्रामा समेत यस अघि सचेतना कार्यक्रम गरिएको जिल्ला सरकारी वकिल कार्यालय जुम्लाले जनाएको छ । कार्यक्रमको सहजीकरण उच्च सरकारी वकिल कार्यालय जुम्लाका नायब सुब्बा भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्