OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन २०, २०८०जुम्ला,
३२० पटक

फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ ।

नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय तथा पेश नेपालको आयोजनामा सामाजिक अभियानता राधा पौडेलको उपस्थितिमा अन्तरक्रिया गरिएको छ । सामाजिक अभियानता पौडेलले महिनावारीका कारण छोरीहरु अपहेलित, कमजोर ठान्ने हाम्रो समाजमा महिनावारीको समयमा बगेको रगत स्वच्छ हो भन्न हरेक मानिसले सक्नुपर्ने बताउनुभयो । कर्णाली क्षेत्रमा महिनावारी हुदा छुई वा छाउपडि भन्ने शब्दनै गलत भएकाले पहिले पहिले मर्यादित महिनावारी भन्ने शब्दकाका लागि सचेतना जगाउनु पर्ने बताउनुभयो ।

उहाँले महिनावारीका बिषयमा नेपालका ३ जिल्ला जुम्ला, काभ्रे र सर्लाहीमा अध्ययन गरिएकोमा कुनै हिसावले सवै स्थानमा महिनावारीको वारेमा विभेद रहेको छ । तर महिनावारीबाट हुने विभेदको प्रकृति फरक भएकाले पहिले शब्दबाटै यसको न्यूनिकरण गर्न आजको आवश्यकता हो । पौडेलले महिनावारी भएको समयमा धेरै चिज वार्न वाध्य वनाउने बिषय सामाजिक कुरुति तिर पर्दै आएको बताउनुभयो ।

पौडेलले एक दशक अघि जुम्लाबाट सामाजिक क्षेत्रमा काम गर्न थाल्नु भएको थियो । २०५८ साल कात्र्तिक २८ गते तत्कालिन नेकपा माओवादीबाट जुम्ला आक्रमण गर्दाको दिनको डायरीलाई खलंगामा हमला नामक पुस्तक समेत लेखर मदन पुरस्कार पाउनु भएको थियो ।  पौडेल सँगै क्यानाडाका लागि उरुग्वेका पूर्व राजदुत जोनी फ्रापियर, नेपालमा सामाजिक क्षेत्रको अध्ययन गर्न आउनु भएका स्विजरल्याण्डका पिएचडि अध्ययनरत विद्यार्थी ईभा मार्टी सहितको टोलीले जुम्लामा महिनावारीको सामाजिक सोच र अवस्थाको विषयमा अन्तरक्रिया गरेको छ । उरुग्वेका राजदुत तथा क्यानडा निवासी फ्रापियरले महिनावारीको विषयमा आफ्नो मुलुकमा पनि विभिन्न तरिकाले परिभाषित गरिदै आएको बताउदै महिलाहरु आफै सचेत र सशक्त नहुदा सम्म कठिन भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मर्यादित महिनावारीको बिषयमा सकारात्मक सचेतना दिन मिडियाको भूमिका महत्वपूर्ण भएकाले यसलाई जोड दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले महिनावारीका बिषयमा छुई भनेर मान्ने चलन अगवाहरुमा नै सोच बदलिनुपर्ने , हिसां पिडित महिलाहरुका लागि कोष स्थापना गरिनुपर्ने सुझाव दिनुभयो ।उहाँले पौडेले नेपालमा मर्यादित महिनावारीको विषयमा चलाईरहेको अभियानको सफलताको शुभकामना दिनुभयो ।
अन्तरक्रियामा पत्रकारहरुले महिनावारीको समयमा जुम्लाको अवस्थाका बिषयमा भोगेका, देखेका बिषयको जानकारी गराउदै आगामी दिनमा थप सचेतना बढाउन आवश्यक रहेको सुझाव दिएको छ । पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपानेले कर्णालीमा सामाजिक अभियानमा राधा पौडेलको योगदान महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

कर्णाली क्षेत्रमा महिनावारीको समयमा गोठमा बस्ने चलन छ । यस समयमा धेरै खाना वानुपर्छ, यो नराम्रो हो भनेर समाजमा कुरुतिको रुपमा रहदै आएको समयमा मर्यादित महिनावारीलाई अभियानकै रुपमा लिनुपर्ने सहभागीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्