OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ १३, २०७९जुम्ला,
९२७ पटक

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् ।

जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका, आपांगता भएका र विपन्न गरी ५० जना वालवालिकालाई निशुल्क अध्ययन गरिरहेका विद्यालयले जनाएकाे छ  ।
निशुल्क शिक्षा पाएपछि विपन्न नागरिकका वालवालिको पहुँच पुगेको छ । उनिहरुका अभिभावकले निजी स्कुलले आफुहरुलाई निशुल्क शिक्षा दिएर ठूलो सेवा दिने काम गरेको हुदा विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै आएका छन् । चन्दननाथ १ का सावित्री महताराका आमा वुवा हुनुहुन्न, अहिले उहाँ एशियामा ८ कक्षामा निशुल्क पढिरहनु भएको छ, अहिले सम्म निशुल्क पढाईदिएकोमा विद्यालयलाई सावित्रीका दाजु अमर महताराले धन्यवाद दिनुभयो । सावित्री जस्तै ५० वालवालिकाले निशुल्क शिक्षा लिएका विद्यालयले जनाएको छ ।

गुठीचौर गाउँपालिका ४ का सुवास न्यौपानेका पनि अहिले वुवा हुनुहुन्न, वुवा नभएपछि उनलाई एशिया स्कुलले निशुल्क शिक्षा दिदै आएको छ । आर्थिक अवस्था कम भएको अवस्थामा छोरालाई विद्यालय निशुल्क अध्ययन गर्न सहयोग गरेकोमा सुवासका आमाभगवति न्यौपानेले विद्यालयलाई धन्यवाद दिनु गर्नुभयो ।

विद्यालयका सञ्चालक मनोज बुढाथोकी मगरका अनुसार निजी विद्यालयमा शुल्कै नपाउने वालवालिकाले अध्ययन गर्न स्थापना कालदेखी अवसर दिदै आएको जानकारी दिनुभयो । उहाँले निजी विद्यालयको काम शुल्क उठाउने मात्रै नभई सामाजिक सेवा पनि गर्ने भएकाले केही वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका बताउनुभयो । विद्यालय सम्म पहुँच नभएका वालवालिकाहरुलाई शिक्षा दिने सामाजिक काम भएकाले सो काम गरिएको उहाँले जोड दिनुभयो ।
फराकिलो र स्वच्छ वातावरणमामा जोड : 
हाम्रा लागी स्वच्छ र फराकिलो वातावरण महत्वपूर्ण हुन्छ । अझ वालवालिकाको लागि सवै स्वच्छ वातावरण अति आवश्यक रहेको छ । वालवालिकाले घर जतिकै समय विद्यालयमा विताउने गर्दछन् ।

एशियामा पछिल्लो समय चिटिक्क कक्षाकोठा, फराकिलो प्रांगण, भित्ताभरी विद्यार्थीले वनाएका रंगिन तस्बिर, प्रांगणका अगाडि स्विमिङ पुल तथा आवश्यक व्यवस्थापनले आजभोली एशिया स्कुल थप आकर्षक पनि बनेको छ । विद्यालयको संरचना एकतले भवनमा छ, विद्यालय वालमैत्री र भुकम्पमैत्री समेत भएको विद्यालयको दावी छ । एशियामा अहिले ७ सय वालवालिका छन् । एशियामा अहिले अहलिे ३८ जना शिक्षक रहेका छन् । एशिलयाले नेपालका ख्याति प्राप्त शिक्षकहरुको माग समेत गरेको छ । संचालक बुढाथोकीका असिनुसार यस विद्यालयमा अध्ययन गराउन नेपालका केही  उत्कृषट विद्यालयका उत्कष्ट  काम गरेका शिक्षकहरु पनि आउने बताउनुभयो । उहाँका अनुसार नेपाली सेनानाका रिटायर मेजर क्षितिज शाह आईसक्नु भएको छ । उहाँ सहित अब्बल शिक्षक यस पटक ल्याईनेछ ।

यसका साथै विद्यालयले अध्ययनरत सवै वालवालिकाको सहकारीमा वचत प्याकेज अगाडि सार्दा सफल भएको छ । हरेक महिना अभिभावकले सो सहकारीमा वचत गर्छन । विद्यालयमा अध्ययनरत प्राय सवै वालवालिकाको अभिभावकले मासिक एक हजार देखी ५ हजार सम्म बचत गर्दै आएका कर्मचारी चन्द्रलाल सुनारले बताउनुभयो ।
विद्यालयको सहकार्यमा नौलो विहानी वचत सहकारी सस्था दर्ता गरि वालवालिकाका अभिावकले आफुले बचत गरेको रकम अभिभावकले आवश्यक परे ऋणको रुपमा लिएर आयआर्जन समेत गरिरहेका छन् । विद्यालयवाट वाहिरिदा बचत रकम विद्यार्थीले लिएर जान्छन् । अहिले सो विद्यालयमा मात्रै नभई सहकारीमा वालवचत गर्ने ४ हजार वालवालिका पुगेका विद्यालयले जनाएको छ ।

निशुल्क शिक्षा सुनौलो बचत कार्यक्रम :
विद्यालयले थप गुणस्तरीय शिक्षा प्रदान गर्न निशुल्क शिक्षा बचत योजना पनि अहिले अगाडि सारेको छ । विद्यालयले बचत गर्न सक्ने अभिभावकले कक्षा नर्सरी देखी १० सम्म निशुल्क अध्ययनन गर्न पाउनेछन् । तर त्यसका लागि केही रकम जम्मा गर्नुपर्ने सर्त छ, विद्यालयको सारेको सुनौलो बचत योजनामा एक लाख पचास हजार जम्मा गरेमा नर्सरी देखी १० कक्षा सम्म निशुल्क शिक्षा फर्किदा सवै रकम लिएर जान पाईनेछ । यसैगरी ७० हजार जम्मा गरेमा मासिक रु ५ सय मात्र लाग्ने छ तर पढाई सकिदा पुरै रकम फिर्ता लिन पाईनेछ ।

विद्यालयले विद्यार्थीलाई उद्यमशिलातामा पनि जोडेको छ, काम गर्न सक्ने वालवालिकालागि उद्यमतिर काम गरेर पढाईमा बचत गर्ने बिषयमा जोड गरिएको प्रधानाध्यापक चन्द्रमहतले बताउनुभयो । .वि.सं २०७२ सालमा स्थापना भएको एशिया स्कुलले विद्यार्थीलाई पढ्दै शिप सिकाउने योजना ल्याएको छ । जसका लागि विभिन्न कम्पनी दर्ता गराएर काम गरिरहेको छ । आफुले गर्न सक्ने काम वालवालिकाले गर्दै आएका छन् ।

क्याप्सन :  एशिया स्कुलका नमुना तस्बिर नेत्र शाही/ अमृत बुढाथोकी जुम्ला ।

 

प्रतिकृया दिनुहोस्