OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७९सुर्खेत
२८५ पटक

४ माघ २०७९, बुधबार

कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित हुनुभएको छ ।

सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकको कारवाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभयो । प्रदेशसभामा रहेका ४० जना सदस्यहरुमा बैठकमा उपस्थित ३८ सदस्यहरु मध्ये न्यौपानेको पक्षमा २४ मत खसेसँगै सभामुख गुरुङले बहुमतले निर्वाचित भएको घोषणा गर्नुभयो ।

त्यस्तै, नेपाली काँगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ जनाको मत परेको थियो । स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही तटस्थ रहनुभयो । न्यौपानेलाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण जिसीको प्रस्ताव र एमालेका प्रदेशसभा सदस्य विनोद शाहको समर्थन रहेको थियो । त्यस्तै, नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही प्रस्तावक र प्रदेशसभा सदस्य जानकी सिंह समर्थक रहेर इन्द्राकुमारी शाहीले उपभसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिकमा निर्वाचित उपसभामुख न्यौपानेले बटालियन कमिसार हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य रहनुभएको छ । अर्को बैठक माघ ६ गते दिउसो १ः०० बजे बस्ने सभामुख गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्