OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १९, २०७९सुर्खेत
२४२ पटक

१९ कात्तिक २०७९, शनिबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औं संस्करण उद्घाटन भएको छ ।

महोत्सवको उद्घाटन नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख डा.जोएले हिभोनेटले गर्नुभएको हो । फिल्म महोत्सवको उद्घाटन गर्दै जोएलेले कर्णालीमा पुगेर महोत्सव उद्घाटन गर्ने अवसर पाउनुले निकै खुशी तुल्याएको बताउनुभयो । “फिल्म महोत्सवले नेपाली–युरोपेली दुई समाजको आपसी समझदारीलाई प्रवद्र्धन मात्र गर्ने छैन,” उहाँले भन्नुभयो, “यसले साँस्कृतिक सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लैजानेछ ।”

उहाँले कर्णालीमा पहिलो चोटीको प्रयास भएको जनाउँदै यहाँको साँस्कृतिक, पर्यटकीय र समाजिक समस्यालाई पनि चलचित्रका माध्यमबाट देखाउन सकिने बताउनुभयो । जोएलेका अनुसार ईयुका २७ सदस्य राष्ट्रहरुले पनि महोत्सवमा प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन् । यहाँको सहयोग सद्भावले कर्णालीमा अर्को पटक पनि आउने प्रतिवद्धता उहाँले गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहले यो फिल्म महोत्सवले कर्णालीको इतिहास, पुरातत्व र साँस्कृतिक अध्ययन तथा अनुसन्धानमा ठूलो सहयोग पुग्ने बताउनुभयो । महोत्सवले ईयु र नेपाली नागरिकबीचको सम्बन्ध कायम हुने भन्दै उहाँले यसबाट साँस्कृतिक आदानप्रदान हुने जनाउनुभयो ।

नेपालका लागि युरोपेली युनियनको डेलिगेशनका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले यो वर्षको चलचित्र भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिएको बताउनुभयो । कात्तिक ११–१५ गतेसम्म चलचित्र विकास बोर्ड काठमाडौं भइसकेको बताउँदै उहाँले अब सुर्खेतमा कात्तिक १९–२२ गतेसम्म ५ युरोपियन र ३ नेपाली चलचित्र प्रदर्शन गरिने जनाउनुभयो ।

महोत्सव उद्घाटनको दिन आज मध्यपश्चिम विश्वविद्यालयको हलमा अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म प्रदर्शन भएको छ । दोस्रो दिन १३ युरोपियन चलचित्र मध्ये लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिनेछन् ।

तेस्रो दिन मुनिका सीमेट्सले निर्देशन गरेको ‘द लिटल कम्रेड’, रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मालेन्बेक’ र विशाल मगरले निर्देशन गरेको गोर्खा गल्र्स’ महोत्सवमा देखाइने छन् । चौथो दिन मिसा क्याम्पले निर्देशन गरेको ‘रोमिज सलुन्’ र चलचित्र महोत्वसका आकर्षणहरु मध्य सुजित भण्डारीले निर्देशन गर्नुभएको एक ‘ऐना झ्यालको पुतली’ महोत्सवको समापन चलचित्र हुने जनाइएको छ ।

डेलिगेसनका पे्रस तथा सूचना अधिकारी मैनालीले सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्याथ तथा चलचित्रकर्मीहरुलाई प्रशिक्षण कक्षा सञ्चालन गर्नुहुने जनाउनुभयो । कोभिड महामारीका कारण दुई वर्षको अन्तरालपछि सिनेमाहलमा युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउनुले अत्यन्तै उत्साहित बनाएको आयोजकले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्