OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०७९जुम्ला
२७५ पटक

१६ असोज २०७९, आइतबार

जुम्ला सदरमुकाम खलंगामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम हुनुभएको छ ।

कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौं घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम हुनुभएको हो । प्रथम हुने बोहोरालाई रु.पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । द्वितिय र तृतीय सोहीका गाउँका क्रमशः शंकर रोकाया र विपेन बोहोरा भएका छन् । उनीहरुलाई रु.तीन र दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितिय र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । प्रथम, द्वितिय र तृतीय हुनेलाई रु.पाँच, तीन र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताउनुभयो ।

त्यसैगरी, चाल तथा कदमतर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितिय र गुठीचौर गाउँपालिका २ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएको सहसचिव सुनारले जनाउनुभयो । उहाँका अनुसार प्रथम, द्वितिय र तृतीय हुने उनीहरुलाई क्रम पाँच, तीन र दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस्