OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७९सुर्खेत
३१२ पटक

२ असोज २०७९, आइतबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले उपदेश दिएर आत्महत्याका घटनामा कमी नआउने बताउनुएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘आत्महत्या रोकथामसम्बन्धी प्रदेशस्तरीय सचेतनामूलक’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कानूनमन्त्री शाहीले अर्ती उपदेशले आत्महत्या कम नहुने जनाउुनभयो । यसका लागि नैतिक शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

“विद्यालय तथा विश्वविद्यालयबाट आजको मानव पुस्तालाई आवश्यक ज्ञान र नैतिक शिक्षा दिने मुख्य थलो हो,” मन्त्री शाहीले भन्नुभयो, “चेतनाको विकास चरित्र र नैतिकतामा भरपर्दछ र यो ग्रहण गर्न सकेमात्र यस्ताखाले घटनामा कमी आउन सक्छ । पछिल्लो पुस्ता उत्पादनमुखी नभई उपभोगमुखी भएकोले पनि यस्ता समस्या उब्जिएको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायधिवक्ता धु्रवकुमार श्रेष्ठले डरलाग्दो अवस्थामा देखिएको आत्महत्या रोकथामलाई बेलैमा कम गर्न नसके यसले भोलि समाजमा ठूलो रुप लिने बताउनुभयो । गरिबी, विपन्नता, आपसी कलह, माया प्रेमबाट उब्जिने समस्याले आत्महत्याको रुप लिएको उहाँको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले देखावटी विकासले मानव विकास हुन नसक्ने बताउनुभयो । नगरप्रमुख ढकालले भन्नुभयो, “आत्महत्या सम्पन्न र गरिब तथा बञ्चितीकरणमा परेका सबैले गरेको पाइएको छ । पछिल्लो समयमा खतरा बन्दै गएको मानसिक रोग समाजमा न्यूनिकरण गर्न हरेक सरकारले यसलाई आफ्नो कार्यसूचीमा प्राथमिकता दिनुपर्छ ।”

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मुलुकमा ४५.९४ प्रतिशतले र कर्णालीमा ४१ प्रतिशत भन्दा बढीले आत्महत्या गर्न खोजेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । आत्महत्याका पछि थुप्रै कारण जोडिएको भन्दै यसबाट भोग्नपरेका जटिलताका विषयलाई सरलीकृत गर्न सबै सरोकारवालाहरु एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा.रोशनी खत्रीले मानसिक रोगका कारण समाजमा आत्महत्याका घटना बढेको र पछिल्लो समयमा कर्णाली सुर्खेतमा बढी देखिएको बताउनुभयो । डा.खड्काले भन्नुभयो, “विश्वमा सात लाख ३० हजार मान्छेले बर्सेनि आत्महत्याका कारण ज्यान गुमाउँछन् । प्रति सेकेण्डमा विश्वमा ४० जना व्यक्तिले आत्महत्या गर्दछन् । त्यसमा हरेकले २०–२५ पटकको असफल प्रयासपछि आत्महत्या गरेको पाइन्छ ।”

प्रतिकृया दिनुहोस्