२०७९ साउन ३० गते, नेपाली भाषाको माउभाषा खसभाषा अभिलेखिकरण गरिने भएको छ ।
स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको छ । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिले सम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको हो ।
जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल शुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगको टोली जुम्लाको सिंजामा पुगेर ५ वटा खस लिपीको मानक प्रमाणित भएको छ ।
अध्यक्ष धितालका अनुसार गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको बताउनुभयो । उहाँले अव स्थानीय तह र सरोकारवालहरुको वैठक बसालेर थप छलफल गर्नेमा जोड दिनुभयो । अव खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराईज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको जोड दिनुभयो । यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिंजामै प्रशिक्षण संचालन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।
खसभाषका बर्ण टुंगो लाग्यो ः
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीका अनुसार खस भाषा अभिलेखकिरणका बिषयमा आयोगले प्रथामिकता दिएको बताउनुभयो । खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाईएको र अख्य काम भईरहेको बताउनुभयो ।
अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारि सकेको छ । उहाँले बर्ण पहिचानका बिषयमा स्थानीय डिल्ली प्रसाद तिवारी सहितका जानकारहरुबाट सहयोग प्रदान भएको बताउनु भयो । स्थानीय डिल्ली प्रसाद तिवारीले रत्नाकर देवकोटाको पुस्तकमा पाईएका र गाउँपालिकाले निर्धारण गरेका आज सम्म चलनमा नआएका अक्षर अगाडि बढाईएको हो ।
जुम्लामा अहिले खस भाषाका जानकार चन्दननाथ नगरपालिका १ निवासी रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार खस भाषा शब्दको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरिरहनुभएको छ ।
जुम्लाको खसभाषाको संरक्षण गर्न स्थानीयको जोड आवश्यक रहेको छ । सिंजा गाउँपालिका अध्यक्ष धितालका अनुसार ‘खस भाषाको उत्थान र विकासका लागि अव ढिला गर्न नहुने र यसमा सवैको सहयोग आवश्यक रहेको छ ।