कोरपाटी संवाददाताबैशाख १२, २०७७काठमाडौं

६१९ पटक


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । उहाँले संविधानकाे धारा ११४ (ख) बमाेजिम फिर्ता गर्ने निर्णयका साथ राष्ट्पति समक्षा सिफारिस गर्ने निर्णय भएकाे बताउनुभयाे ।
गत बैशाख ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।