OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २७, २०७५काठमाडौं
३७५ पटक

खलंगा, असोाज २५, नेपाल एयर लाईन्सले कर्णाली क्षेत्रमा नियमित उडान गर्ने तयारी थालेको छ ।
विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा नियमित उडान गरेर जनतालाई सेवा दिन तयारी गरिएको एयरलाईन्सका क्षेत्रीय प्रवन्धक मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।
जुम्लामा वायूसेवा निगमले गरेको पत्रकार सम्मेलनमा नेपाल वायूसेवा निगमले दिदै आएको सेवा, चुनौति र जनताको पहुँचमा गर्नका लागि भईरहेका कामहरुको वारेमा जानकारी गरिएको छ । क्षेत्रीय प्रवन्धक पाण्डेका अनुसार अव दशै र तिहार पछि कर्णालीमा नियमित उडान गर्ने तयारी भएको छ ।
उहाँका अनुसार अहिले नेपाल एयर लाईन्सका ३ वटा टिवनेटर, २ वटा चीनवाट आएका वाई टुवेल ई (थ( ज्ञद्द( भ्) २ वटा जहाँ संचालनमा आएका कारण नियमित उडान हुन सक्ने उहाँले बताउनुभयो । प्रवन्धक पाण्डेले नेपालगंज सहित कर्णाली प्रदेशका लागि सुर्खेतलाई समेत कर्णालीमा नेपाल एयरलाईन्सको केन्द्र बनाउदा राम्रो हुने उहाँको भनाई रहेको छ । यसैगरी जुम्ला सहित कर्णालीका सवै जिल्लामा नेपाल एयरलाईन्सको टिकट विरतण सजिलो र सम्भव जिल्लामा डिजिटल प्रणालीमा गर्न प्रयास गर्ने प्रयास भईरहेको उहाँले बताउनुभयो । प्रबन्धक पाण्डेले नागरिकको सुरिक्षत एयरलाईन्स र हिमाल पहाडलाई एकिकृत गर्ने यातायातको सुविधा बलियो बनाउन थप आवश्यक रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा एयरलाईन्सको भाडादर कम हुुनुपर्ने, टिकट सर्वसाधरणका लागि सजिलो हुनु पर्ने र नियमित उडानका ध्यान दिनुपर्ने बिषयमा पत्रकारहरुले प्रश्न गरेपछि उहाँले यो बिषयमा मन्त्रालय र सम्विन्धित केन्द्रीय निकायमा कुरा उठाउने समेत जानकारी दिनुभयो ।
कर्णालीमा सरकारले गरेको भाडादर अनुसार नेपाल एयर लाईन्सको भाडा महंगोे र नियमित उडान नगर्ने भएका कारण यात्रुहरुले समेत प्राईभेट जहाँज रोज्ने गर्दछन् । अव भनेनियमित उडान पछि यात्रुलाई सजिलो हुने र डिले नहुने नेपाल एयरलाईन्स जुम्लाका स्टेन म्यानेजर देविचन्द्र न्यौपानेले बताउनुभयो । अहिले नेपाल एयरलाईन्सको जुम्ला नेपालगंज भाडा ५ हजार ४ सय १५ रहेको न्यौपानेले बताउनुभयो ।
नेपाल एयरलाईन्सको को २ वटा चीनवाट आएका वाई टुवेल ई (थ( ज्ञद्द( भ्) जहाँजले असोज १० गते कर्णालीमा परीक्षण उडान समेत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्