OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,जेठ ४, २०७९जुम्ला,
११५१ पटक

३ जेठ,२०७९ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी हुनु भएको छ ।
स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत बिजयी भएका हुनुभएको हो । उहाँले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का बिजयी हुनु भएको छ । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गर्नुभएको छ ।

नगरप्रमुखमा प्रत्यासी नेपाली कांग्रेसका पदमबहादुर शाहीले दुईहजार तीनसय ४१ मत प्राप्त गर्नुभएको छ ।
नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भिमबहादुर थापाले एक हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार छ सय ३३ मत प्राप्त गर्नु भएको छ ।

चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले आफुलाई टिकट नदिएको भन्दै कठायत पार्टीले नेपाली काग्रेसको महासमिति सदस्यबाट राजिनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराउनु भएको थियो । कठायतले नेकपा एकिकृत समाजवदी र राप्रपा सँग गठवन्धन समेत गर्नुभएको थियो । यसैगरी नेकपा माओवादी केन्द्र र अन्य दलहरुको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत बिजयी हुनुभएको छ ।

लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजागर र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ । यति सम्म कि कठायतको क्षेत्र वडानम्कर ५ मा एक सय ८५ बढि क्रियाशिल कांग्रेसका सदस्य भएपनि एक सय मत क्रस हुन सकेन । अर्को माओवादीको उम्मेदवार उठेको क्षेत्रमा पनि राम्रो मत प्राप्त भयो ।

चन्दननाथको वडा नम्बर ७ आईपुग्दा सम्म करिब ७ सय मत मतान्तर भएको थियो तर नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार पदमबहादुर शाहीको क्षेत्र १० नम्बरमा आएपछि नेपाली कांगेसलाई ८० प्रतिशत बढि मत प्राप्त भएपछि प्रतिस्पर्धा कडा भएको थियो । अन्तत स्वतन्नत्र उम्मेदवार कठायत बिजयी हुनु भएको थियो । २०७४ सालमा नगरपालिकामा कांग्रेसका कान्तिका सेजुवाल र माओवादीका उपमेयर अप्सरा न्यौपानेले जित हाशिल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्