OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०७८जुम्ला,
८४३ पटक

जुम्ला २७ चैत,
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई जुम्ला बिमान स्थालमा फर्किदा पत्रकार सम्मेलनको आयोजना गरी े पत्रकारहरुको क्षमता अभिबृद्धि सम्वन्धी कार्यक्रम सहित ६ बुद्धे माग पत्र दिएको छ ।

जुम्ला रारा अल्ट्र म्याराथनको उद्घाटन गर्नका लागी चैत २४ गते जुम्ला आएका मुख्यमन्त्री शाहीले मुख्लमन्त्री रोजगारका कार्यक्रम अनुगमन, कर्मचारीहरुसँग छलफल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अनुगमन सहित ४ दिनको जुम्ला भ्रमण सकेर सुर्खेत फर्केका छन् ।

साविक कर्णालीमा पत्रकारहरुको क्षमता अभिबृद्धि, स्थानीय संचार माध्यामको प्रर्वधनका कार्यक्रमहरु हुन सकिरहेको स्थिति छैन् । यसैको कर्णाली प्रदेश सरकारले सम्बोधन गर्न जुम्ला महासंघले मुख्यमन्त्री शाहीलाई माग पत्र बुझाएको हो ।

उक्त माग पत्रका भनिएको छ ,साविक कर्णालीका सवै जिल्लामा कम्तिमा बर्षको चारवटा पत्रकारिता तालिम, पत्रकार आचार सहिंता, स्टोरी लेखन तालिम, आधारभुत क्षमता अभिबृद्धि तालिम, फोटो तथा भिडियो ग्राफर) तालिमको माग गरिएको महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जानकारी दिनुभयो ।

 

नेपाल पत्रकार महासंघ जुम्लाले दोस्रो र तेस्रो तला भवन निर्माण तथा सूचना केन्द्र निर्माणका लागि सहयोग गर्न पनि आग्रह गरिएको छ । पत्रकार महासंघ सहित स्थानीय संचार माध्यामलाई वैकल्पिक उर्जा व्यवस्थापको सोलार व्याकप व्यवस्थापनमा सहयोग गर्न पनि मुख्यमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

 

अहिले सुस्त ईन्टरनेटका कारण सरकारी कार्यालयका काम तथा समाचार पठाउन कठिन भएकाले ईन्टरनेट फाष्ट गर्न पहल गर्न पनि पत्रकारहरुले आग्रह गरेका छन् । त्यस्तै मुख्य मन्त्री शाहीलाई कर्णाली प्रदेशका सूचना दुर्गममा पुग्ने बतावरण गर्न अनुरोध गरिएको छ । दुर्गमका नागरिकले पनि सरकारका कार्यक्रम तथा कार्यसम्पादन थाहाँ पाउने अधिकारको सुश्चित गर्नका लागी पनी दुर्गमका संञ्चारमाध्यमलाई सुचना उपलब्ध गराउनु पर्ने माग गरिएको छ । कर्णालीमा संचार पूर्वाधारमा लगानी तथा सहयोग गर्ने तरिकाको नीति ल्याउन जुम्ला पत्रकारमहासंघले मुख्यमन्त्रीलाई अनुरोध गरेको छ । जुम्लाबाट फर्किने क्रममा मुख्यमन्त्री शाहीले जिल्लामा भएका गतिविधिको जानकारी समेत दिनुभएको छ ।

जुम्लामा चार दिन मुख्यमन्त्री :

गत चैत २४ गते जुम्ला आउनु भएका मुख्यमन्त्री शाहीेले विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । शाही सहित प्रमुख सचिव राजकुमार श्रेष्ठ, सचिव आनन्द सारु सहितको सचिवायले विभिन्न कार्यक्रममा सहभागिता जनाएको छ ।

जुम्ला भ्रमणबाट आइतबार सुर्खेर फर्केका मुख्यमन्त्री शाहीले भने यहाँ धेरै सरोकारवाला निकाय, पत्रकार, कर्मचारी, उद्योग व्यापारीहरुसँग छलफल तथा अन्तरक्रिया भएको छ । आवश्यक र सम्वोधन हुने खालका समस्याहरु कर्णाली प्रदेश सरकारले सम्बोधन गर्ने उनले प्रतिबद्धता समेत गर्नुभयो ।

मुख्यमन्त्री शाहीले रारा अल्ट म्याराथन प्रतियोगिताको उद्धाटन, सूचना अधिकारी, सरकारी कार्यालय प्रमुख र पत्रकारहरुको अन्तरक्रिया, जनप्रतिनिधिहरु सँग भेटघाट सहित विभिन्न कार्यक्रममा सहभागी भएर फर्किनु भएको छ ।

 

प्रतिकृया दिनुहोस्