भिखारीले देश बनाउछु भन्दा कसले पत्याउला ।
होश गरौ है भिख दिनेले हाम्रो देशै हत्याउला ।।
मागी खाने मगन्तेले घरवार जोड्छु भने जस्तै ।
समृद्धिका कुरा गर्दै, भाषण गछौ हेर मस्तै ।।
छुहिने त्यो भाडोभित्र पानी जति हालेपनि ।
एकछिन पछि त्यो भाडो नै रित्तो हुन्छ हेर अनि ।।
भ्रष्ट्रचारी वानी हाम्रो जहिले सम्म बढ्दै जान्छ ।
चुहिने त्यो गाग्री हाम्रो पानी सधै घट्दै जान्छ ।।
विदेशीको ऋण अनुदान जति माग्छौ चुहिजान्छ ।
देशका लागि भार थपिन्छ, त्यो धनलाई चोरले खान्छ ।।
अनुदान र ऋण नलिए देश कसरी चल्छ भन्छौ ।
देश समृद्ध हुन्छ, भन्दै विकास पनि फल्छ भन्छौ ।।
एमसिसिलाई ठूलो ठान्दै हाम्रो भाग्य बन्छ भन्छांै ।
अर्कैको पेट वोकेपछि भन अनि लौ के गछौ ।।
अरवौको लोभ नगर, खरवौको खोजी गरौ ।
भ्रष्टाचारको वथान भित्र एकचोटी त छापा मारौ ।।
मरु भुमी होईन नेपाल उर्वरा छ कति कति ।
आफ्नै देशमा खोजी गरौ, धन मिल्ने छ चाहेजति ।।
आफ्नै नाभी भित्र विना नदेखेर भौतारिने ।
बुद्धु जन्तु कस्तुरी झै किन हामी अत्तालिने ।
यो प्राकृतिक सम्पदाको हामी धनि छौ कि छैनौ ?
आत्म निर्भर हुन सक्ने विर नेपाली हौ कि होईनौ ?
हामी सँग के छैन र अर्का संग मागी हिड्छौ ।
सुनको खानी नदेखेर अर्कौ तिर भागी हिड्छौ ।।
सुनको खानी कुल्चिएर भिख माग्नलाई हिडे जस्तो ।
आफैलाई नचिनेर हेर हाम्रो बुद्धि कस्तो ।।
हामी सक्षम, छैनौ तर जे पनि छ हामी सँग ।
धनको विशाल भण्डारै छ, हिमालको पानी सँग ।।
काम नगर्ने कर्महिनले कतै केही देख्दैन रे ?
उखानैछ, खाने मुखलाई त्यो जुगाँले छेक्दैनरे ?
कर्मविर हौ कि हामी या त हौकी मतिहिन ?
आफ्नै पाउमा उभिएर हिड्न नसक्ने गतिहिन ?
परिमल जुम्ली,
२०७८ फागुन ११ गते