OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र २८, २०७६जुम्ला,
५७६ पटक

खलङ्गा चैत २८ गते । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको सल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै कठिन भनिएको दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमोरेज) कोे माईक्रोस्कोपको सहायतामा सल्यक्रिया जुम्लामै सफल बनाएको हो । प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. निलम खड्का नेतृत्वको चिकित्सकीय टोलीले हिमा गाउँपालिका १ जुम्ला निवासी ६५ बर्षिय धनबहादुर रावतको सल्यक्रिया सफल भएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको हो ।
पत्रकार सम्मेलनमा डा. खड्काले कठिन भनिएको सो सल्यक्रिया जुम्लामै सम्भव भएको र बिरामीको खर्चमा निकै कम भएकोमा खुशी व्यक्ति गर्नुभयो । प्रतिष्ठानका विशेषज्ञ डा. खड्काको साथमा डा. सूर्यमान लिम्बु, डा. निराजन महासेठ र डा. हरिहर देवकोटाले साथ दिएर सफल भएको थियो । शुरुमा बिरामी आएपछि सल्यक्रिया नगरि उपचार सम्भब हुनेमा जोड दिऔ तर उहाँ वेहोस भएपछि आफन्तको स्विकृतिमा टाउको भित्र जमेको रगतको सल्यक्रिया सम्भब गरेको उहाँले बताउनुभयो ।
बुवा वेहोस हुदा चिन्तामा थियौ तर यो लकडाउनको अवस्थामा जुम्लामा डाक्टरले बचाएकोमा उहाँका छोरा भिमबहादुर रावतले खुशी व्यक्त गर्नुभयो । उहाँले अहिले बुवा वोलिरहनु भएको जानकारी दिनुभयो । यसैगरी प्रतिष्ठानमा डां खड्काको टोली आएपछि एक महिनामा तीन वटा न्यूरोका सल्यक्रिया समेत भएको डा. खड्काले थप्नुभयो ।
अत्याधिक बढि रक्तचाप भएर रक्तनली फुटेपछि ब्रेन हेमोरज हुन्छ । उहाँको त्यही समस्यालाई यही सल्यक्रिया गरेर सफल बनाएकोमा कर्णाली प्रतिष्ठानको टोली अब्बल ठानिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । डा. निलम खड्का सहित अहिले प्रतिष्ठानमा ३२ जना विशेषज्ञ र २६ मेडिकल डार्ईरेक्टर कार्यरत छन् । निकै ठूला सल्यक्रियाहरु मध्यमा अझै यो ठूलो सफलता भएकोमा स्थानीय पनि खुशी हुदै गएका छन् । कोरोनाको रोगथामको एकातिर लडाई गरिरहेका प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरुले ठूला ठूला सफलता हाशिल गर्दै आएका हुन् ।
अहिले प्रतिष्ठानमा आफ्नै सिटिस्क्यान सुचारु भएपछि झन सजिलो भएको छ । यो सल्यक्रियामा सिटिस्क्यानबाट हेर्दा रगत जमिएको देखिएपछि सल्यक्रिया सम्भाव भएको डाक्टरहरुले बताएका छन् । यसैगरी प्रतिष्ठानको अहिले आफ्नै अक्सिन प्लान्ट, ब्लड वैंक, आधुनिक प्रयोगशाला, फार्मेसी, आधुनिक लाईब्रेरी सहित तीन सय शैया बेडको अस्पताल पनि रहेको छ । यसैगरी प्रतिष्ठान न्यूरो सहित विभिन्न विभिन्न विशेषज्ञ सेवा शुरु गरेर सफल हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्