OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७८जुम्ला
१३९२ पटक

२०७८ पुस २ गते

जुम्लामा सिटिजन्स बैंक जुम्लाकाे वाथरूममा वेहाेस भएकी नर्सकाे अस्पतालमा मृत्यू भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफनर्स अनुपमा श्रेष्ठकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

सुचना अधिकारी तथा प्रहरी निरीक्षक याैवन चाैधरीका अनुसार काेहलपुर उपमहानगरपालिका निवासी २६ बर्षिय कर्णाली प्रतिष्ठानमा कार्यरत अनुपमा श्रेष्ठकाे निधन भएकाे छ ।  विहीवार दिउसाे वाथरूममा वेहाेस भएकाे अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लिईएकाे थियाे ।

उपचारकाे क्रममा शुक्रबार उनकाे निधन भएकाे जनाईएकाे छ ।  कर्णाली प्रतिष्ठानका प्रवक्ता तथा डीन डाक्टर रमेश भट्टटराईले वेहाेस अवस्थामा ल्याईएकाे र पछि मुटुकाे धडकन फिर्ता अाएकाे थियाे ।  यता सिटिजन्स वैंकका म्यानेजर महेश शाहीले श्रेष्ठ साथिकाे बहिनी भएकी र लामाे समय देखि चिनजान भएकाले हिजाे त्यहाँ वाथरूममा पसेकी अाएकी थिईन ।

पछि वेहाेस भएर ढलेकी र ढाेका फाेरेर अस्पताल पुरयाईएकाे बताउनु भयाे । उहाले दिउसाे हामी अफिसमै भएकाे समयमा घटना भएकाे थियाे । बैंकमा गाड, कस्टमर र कर्मचारी पनि थियाै, उहाँले थप्नुभयाे । घटनाकाे अनुसन्धान थप भईरहेकाे र अाफन्त समेत जुम्ला अाई पुगेका प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्