OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ४, २०७८काठमाडौं
१०९७ पटक

 

४ मंसिर ३०७८, शनिबार

कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ हुनुपर्ने कृषि विज्ञहरुले सुझाएका छन् ।

आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राख्नुभएको थियो । प्रवक्ता कठायतले खडेरीमा स्याउ खेतीको सिंचाई, हिउँ पोखरीजस्ता नवीन प्रविधिबारे आफ्नो प्रस्तुति राख्दै स्याउ तथा ओखरको गुणस्तर एवं यथोचित विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन हुनुपर्ने प्रस्ताव राख्नुभयो ।

उक्त प्रस्तावमा कृषि विज्ञहरु डाक्टरत्रय गिरीधारी सुवेदी, गोविन्द रिजाल र शान्ता कार्की मुलुकको अर्थतन्त्रको विकास र नागरिकहरुको दीगो आयआर्जका लागि बोर्ड आवश्यक रहेको बताउनुभयो । “बोर्ड आवश्यक कुरा हो,” डा.सुवेदीले भन्नुभयो “त्यसो हुन नसके भएकै संरचनाबाट काम बढाउने र मौजुदा जनशक्तिको क्षमता बढाउनतर्फ जोड दिनुपर्दछ ।”

उहाँले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै भिरालो जमीनमा स्पोर (सानो तर हरेक वर्ष फल्ने) जातको स्याउ खेतीतर्फ लाग्न सुझाउनुभयो । यता कृषि विज्ञ वासुदेव काफ्लेले बोर्ड गर्दा राजनीतिक चलखेल बढी हुने प्रतिक्रिया दिँदा डा.शान्ता कार्कीले बोड नभए ‘स्याउ तथा ओखर प्रवद्र्धन केन्द्र’ बनाएर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने जनाउनुभयो ।

बहसमा मन्त्रालयका प्रवक्ता कठायतले कर्णालीमा खडेरी भएको उच्च भागमा स्याउ तथा ओखर खेती गर्न आवश्यक सिचाईको लागि हिउँ पोखरी वा घँटोमा वर्षातको पानी संकलन प्रविधि प्रमुख वैकल्पिक उपाय भएको बताउनुभयो । “जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु सुक्दै गएका छन्,” उहाँले भन्नुभयो, “अब ‘एक स्याउँ बगैंचा, एक सिमेन्ट पोखरी’ कार्यक्रमलाई अभियानात्मक ढंगले अघि बढाउनुपर्छ ।”

प्रतिकृया दिनुहोस्