OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०७६सुर्खेत
५६६ पटक

सुर्खेत, ९ पुस ः कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी बीरेन्द्रनगर सुर्खेतमा आज बिहान ८ः३० बजेबाट शुभारम्भ भएको छ ।
परिषद्को दोस्रो बैठकको कार्यरम्भ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको छ । बैठकमा परिषद्को पहिलो बैठकको प्रतिवद्धता कार्यान्वयनको समीक्षा भईरहेको छ ।
आजबाट शुरुभएको बैठकको पहिलो दिनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघ, प्रदेश तथा स्थानीय तहबीचको अन्तरसम्बन्ध र अधिकारका बाँडफाँड, राष्ट्रिय योजना आयोग सदस्य मीनबहादुर शाहीले नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजना र तीनै तहका सरकारबीच योजना निर्माणको समन्वय सम्बन्धमा प्रस्तुति राख्नुहुने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको प्रथम आवधिक योजना र योजना आयोगले गरेका कामकारवाहीको सम्बन्धमा आफ्नो प्रस्तुति राख्नु हुनेछ भने कर्णाली प्रदेशको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रदेश सरकारको कार्यसम्पादन सम्बन्धी विषयमा प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णप्रसाद नेपालले चालू आवको बजेट कार्यान्वयन तथा वित्त हस्तान्तरण सम्बन्धी, १२ राष्ट्रिय जनगणना सम्बन्धी केन्द्रीय तथ्याङक विभागका तर्फबाट, प्रदेश सरकार र स्थानीय तहको क्षमता विकास सम्बन्धी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका तर्फबाट कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकको दोस्रो दिनमा यहाँका जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख र प्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले साझा अधिकारको प्रयोग, योजना व्यवस्थापनमा रणनीतिक तयारी, प्राकृतिक स्रोतको उपयोग र बाँडफाँड सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच नीतिगत सामञ्जस्यताका विषयमा पाँच÷पाँच मिनेटको आफ्नो धारणा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा प्रदेश योजना आयोगका पदाधिकारी तथा सदस्य, विज्ञहरु, कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति, २५ नगरपालिकाका र ५४ गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, कर्णाली प्रदेश सरकारका सचिवहरु र सबै स्थानीय तहका आमन्त्रित प्रमुख प्रशासकीय अधिकृतहरु गरी ३०० को सहभागिता रहेको छ । बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्