OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १९, २०७८
१६४९ पटक

१९ असार २०७८, शनिबार

विपक्षी गठबन्धनमा आवद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले वीरेन्द्रनगर सुर्खेतमा आज साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले आज साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

मसाल जुलुस गर्नुको खास कारण संसद् विघटन विरुद्ध भएको अखिल क्रान्तिकारी सम्वद्ध विद्यार्थी नेता तिर्सना हमालले जानकारी दिनुभयो । ओलीले संविधानलाई ध्वस्त पार्दै जाने थालेपछि प्रतिगमनका विरुद्धमा आन्दोलनमा होमिएको र आज मसाल जुलुस गरिएको नेता हमालले बताउनुभयो ।

सुर्खेतमा पीपल चौतारीदेखि मंगलगढी चोकसम्म विभिन्न विद्यार्थीहरुले संयुक्तरुमा मसाल जुलुस गरेका थिए । विपक्षी गठबन्धनसँग आवद्ध उनीहरुले आज मुलुकभरि प्रतिगमन विरुद्ध मसाल जुलुस गरेका छन् ।

प्रतिकृया दिनुहोस्