OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७८काठमाडौं
१०२४ पटक

२७ जेठ २०७८, बिहीबार

नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत राख्न आदेश दिएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले आफ्ना सांसदलाई कारवाही गरेको थियो । एमालेले सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरेको थियो ।

सर्वाेच्चले स्पष्टीकरण सोध्ने र कारवाहीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएको भन्दै केन्द्रीय कमिटीबाट नभएको कारवाहीलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको  हो ।

यस्तो छ आदेश –

 

प्रतिकृया दिनुहोस्