OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०७८सुर्खेत
४५६ पटक

२३ बैशाख २०७८, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि आज त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीहरूको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीहरूको समस्याबारे उहाँले जानकारी लिनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सल्यान जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्