OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८बुटवल
५९१ पटक

१९ बैशाख २०७८, आईतबार

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् ।

जसका कारण पोखरेल थप संकटमा फसेका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ (२) का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् । उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी , नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । आजै  विमला ओली पनि माओवादीतिर लागेकी थिइन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् ।  नियुक्तिको विषयमा लिएर अहिले ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका  प्रमुख सचेतक फखरुद्ध खानले रातोपाटीलाई बताए । उनले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए ।

पोखरेलविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुको सूचीः 

रातोपाटीबाट

प्रतिकृया दिनुहोस्