OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०७८सुर्खेत
२९८ पटक

६ बैशाख २०७८, सोमबार

बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ ः००बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ दिनदेखि भेरी अस्पतालमा स्टाफ नर्सको उपचार भईरहेको थियो । उपचारकै क्रममा स्टाफ नर्सको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेकी थिइन् ।

त्यस्तै, होम आइसोलेशनमा रहेका बाँके कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो ।

आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घ रोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको र सोही अवस्थामा अवस्थामा आज उनको मृत्यु भएको उहाँले बताउनुभयो । आज भएको दुई जनाको मृत्युसँगै बाँकेमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्