OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ९, २०७७वाँके
५६९ पटक

बाँकेको कोहलपुरमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्टहरु ‘घ’ वर्गमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्ने क्रममा अधिकांश ‘घ’ वर्गमा परेका हुन ।

‘घ’ वर्गमा पर्ने होटलहरुमा खाद्य स्वच्छताको अवस्था सुधार गर्नुपर्ने अवस्था हो । जहाँ पहेंलो स्किटर टाँसिएको छ । उक्त स्टिकरको आधारमा होटलहरुको स्तरीकरण हुन्छ । कोहलपुर बसपार्क र चप्परगौडीमा ‘घ’ वर्गमा पर्ने होटलहरुमा सबैभन्दा बढी सञ्चालित रहेका छन् ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयका खाद्य निरिक्षक प्रेम आर्यालले ‘घ’ वर्गमा परेका होटल तथा रेष्टुरेन्टहरुमा भान्सामा अत्यावश्यक कुराहरु व्यवस्थित नरहेको बताए ।

होटल तथा रेष्टुरेन्टहरुले बाहिरी परिधिको सरसफाईको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था सफा राख्नुपर्ने हुन्छ । यस्तै सरसफाई गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण जस्ता कुराहरु निकै अभाव देखिएको अर्यालले बताए ।

२६ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण

कोहलपुरमा गत बुधबारदेखि थालिएको स्तरीकरण आइतबार सकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले अहिलेसम्म २६ वटा होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गरिएको हो । जसमा बुधबार ८, शुक्रबार, ९ र आइतबार ९ वटा होटलहरुको स्तरीकरण गरिएको कार्यालयले जनाएको छ ।

यस्तै ‘क’ वर्गमा २, ‘ख’ वर्गमा ३, ‘ग’ वर्गमा ८ र ‘घ’ वर्गमा १३ वटा होटल तथा रेष्टुरेन्ट परेका छन् । जसमध्ये होटल सेन्ट्रल प्जाला र होटल म्याक्स ‘क’ वर्ग, ए टु जेट स्वीट कर्नर, होटल कृष्ण र कोहलपुर पार्टी प्यालेस एण्ड कटेज रेष्टुरेन्ट ‘ख’ वर्गमा रहेका छन् ।

यस्तै नाङलो रेष्टुरेन्ट, होटल पप लाइफ, प्याराडाइज कटेज एण्ड लज, होटल रिबर साइड, स्टाफ होटल, अर्वन रेष्टुरेन्ट, नेशनल पानस गेष्ट हाउस, होटल रेडिसन ‘ग’ वर्गमा रहेका छन् ।

यस्तै होटल अतिथि, गुराँस रेष्टुरेन्ट एण्ड क्याफे, होटल रोहिणी, जनता होटल एण्ड कटेज, स्वस्तिक पार्टी प्यालेस, बि.जि.बि लच एण्ड बार, न्यू होटल नेपालटप, होटल अनमोल, रेसुङ्गा कोल्ड एण्ड रेष्टुरेन्ट, मुनलाइट होटल, से फोक्सुन्डो गेष्ट हाउस, टिकटक कर्णाली होटल र न्यू अतिथि होटल एण्ड गेष्ट हाउस घ वर्गमा रहेका छन् ।

जसलाई ९० अंक भन्दामाथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टलाई क वर्ग, ८० भन्दा माथि ८९ सम्म ख वर्ग, ६५ देखि ७९ सम्म ग वर्ग र ५० देखि ६४ सम्म घ वर्गको स्तरीकरण गरिन्छ ।

यस्तै होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण समितिका संयोजक तथा होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष लक्ष्मण थापा, नव निर्वाचित कोहलपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सिता कार्की, इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक गोपाल कुमार मल्ल र पत्रकारको संयुक्त समितिले कोहलपुरका होटलमा अनुगमन तथा स्तरीकरण
गरेको थियो ।

प्रतिकृया दिनुहोस्