OnlinePana

आज : २०८२ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०७७
४९९ पटक

 २३ फागुन २०७७, आईतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले बीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत बस्ने ३० वर्षीय साजित अलि ईन्द्रीसीलाई पक्राउ गरेको हो । ईन्द्रीसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्कीसमेत दिने गरेको विशेष सूचना प्राप्त गरे अनुसार घटनास्थलमा पुगेको प्रहरीले उनलाई सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भ¥याङमुनि मोटर पार्टस्भित्र लुकाई छिपाई राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बरामद पेस्तोलको लम्बाई ८.५, उचाई ४.५ ईन्च र ब्यारेलको भाग ४ र गोलाई ३.३ ईन्च रहेको रुट लेखिएको कालो रंगको पेस्तोल रहेको छ भने टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज समेत फेला पारिएको छ । ईन्द्रीसीलाई पक्राउ गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दा लगाई जिल्ला अदालत सुर्खेतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्