OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २०, २०७७सुर्खेत
६७७ पटक

 

२० फागुन २०७७, बिहीबार

पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्रे गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ ।

निर्देशनालयले कर्णालीमै पहिलो पटक कोरकटर मसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यस अघि बनेका सडकहरु बनेको दुई÷तीन महिनामै कालोपत्रे उम्कने र मात्र बाहिर आँखाले गरिएको अवलोकनले गुणस्तरको वास्तविक यथार्थता थाहा नभएकोले चालु आव.०७७०७८ बाट कोरकटर मेसिनबाट कालोपत्रे सडकको गुणस्त जाँच कार्य शुरु गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक वासुदेख पौडेलले जानकारी दिनुभयो ।

“सडक कालोपत्रे भएको एक हप्ताभित्रै हामीले कोरकटर मेसिनबाट गुणस्तर जाँच गर्छौ” निर्देशक पौडेलले भन्नुभयो, “यसले निर्माण व्यवसायीले मापदण्ड अनुसार सडक पक्की गरे नगरेको बेलैमा जानकारी हुन्छ ।” उहाँले मापदण्ड अनुसार पक्की सडकको मोटाई चार सेन्टिमिटर हुनुपर्ने र कालोपत्रे गरिएको सडकको गुणस्तर जाँच गर्दा तोकिएको मापदण्ड अनुसार बनेको जनाउनुभयो ।

आधुनिक मेसिनबाटै पक्की सडकको गुणस्तर जाँच शुरु गर्न थालिएकोले अब निर्माण व्यवसायीहरुले कमजोरी गर्न नपाउने र त्यस्तो फर्जी काम गर्नेहरुलाई छुट पनि नहुने उहाँको भनाई थियो । निर्देशक पौडेलका अनुसार कर्णालीमा निर्माण हुने पक्की सडकका लागि अब कोरकटर मेसिनबाटै गुणस्तर नापिने छ ।

आज निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत ईत्रामदेखि मूल बजारसम्म जोड्ने सडकमा गरिएको कालोपत्रेको तीन स्थानमा कोरकटर मेसिनबाटै गुणस्तर मापन गरेको थियो । चालु आर्थिक वर्षको असार मसन्तसम्म प्रदेश राजधानी सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्रे गरिने निर्देशनालयले जनााएको छ ।

प्रतिकृया दिनुहोस्