OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७७काठमाडौं
७१५ पटक

राष्ट्रिय समाचार समिति (राससले) यो वर्षको उत्कृष्ट आलेखको पुरस्कार जुम्लाका विजय रावतलाई पुरस्कृत गरेको छ । राससको ६० औँ वार्षिकोत्सवको अवसरमा आलेखतर्फको पुरस्कार कर्णाली प्रदेश जुम्लाबाट राससमा कार्यरत रावतलाई पुरस्कृत गरेको हो ।

रावत जुम्लामा रहेका पत्रकारिता गर्दै आएका छन् । रावत जुम्ला बाट प्रकाशित कर्णाली सरोकार दैनिक , हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि कार्यरत हुनुहुन्छ । पत्रकार रावत नेपाल पत्रकार महासंघ जुम्लाका सदस्य समेत हुन ।

राससले यस बर्ष वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरेको छ ।

पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (महोत्तरी), वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत गरिएको छ ।

यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट बागलुङ), कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) रहेका छन् ।

राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस अर्थात प्रजातन्त्र दिवसको उपलक्ष्यमा संचार सूचना तथा प्रविधि मन्त्री पार्वत गुरङको प्रमुख आथित्यमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्