OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २९, २०७७
७६४ पटक

२९ माघ २०७७, बिहीबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीिरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट अवैध काठसहित सात जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका १० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाई छिपाई राखेको ६.९३ क्युफिट गोलिया काठ र १२.८६ चिरान काठ गरी १९.७९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“दर्लामीले सोही वडास्थित चुईयाँपानी नजिकै गोलखाडल सामुदायिक बनबाट गोलिया काठ र चिरान काठ चोरी लुकाएका रहेछन्,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “उनीसँगै सोही वडाका ४२ वर्षीय बुद्धि छम्तेल, २६ वर्षीय दिपक दर्लामी, १९ वर्षीय झमन खप्तडी र गोपाल पाण्डे, १८ वर्षीय नविन राना र सुमन छम्तेललाई पक्राउ गरिएको छ ।”

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सव–वनडिभिजन कार्यालय दशरथपुर सुर्खेतका रेन्जर घनश्याम चपाईको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्