OnlinePana

आज : २०८३ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २९, २०७७काठमाडौं
५३५ पटक

२९ माघ २०७७, बिहीबार 
सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर रहेको प्रवक्ता सुरेश भुषालले रातोपाटीलाई बताए ।
स्रोत नखुलेको १ लाख ९० हजार नगद रकम सहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी बनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले  जनाएको छ । रातोपाटीबाट
प्रतिकृया दिनुहोस्