OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २३, २०७७
१५५३ पटक

सुर्खेत, माघ २३ गते । सुचना प्रविधि क्षेत्रमा विश्वको सबैभन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् ।

डेलाइटआइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउन लागेको हो । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप ग्लोवल प्रतिष्पर्धा हो ।

प्रतियोगितामा सहभागी विद्यार्थीको माइक्रोसफ्ट अफिसवर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण हुन्छ । सहभागी विद्यार्थीले माईक्रोसफ्ट सर्टिफिकेशन पाउँछन् । यो एक अन्तराष्ट्रिय प्रमाणपत्र हो । प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालक तथा माईक्रोसफ्ट अफिस स्पेशलिष्ट जिल्ला अपरेसन म्यानेजर प्रकाश खनालले जानकारी दिनुभयो ।

संयोजक अनालका अनुसार जिल्लामा ईच्छुक विद्यालयका विद्यार्थीहरुले यो प्रतिष्पर्धा गर्न पाउने र जिल्लाबाट पहिलो चरणमा छ जना छनौट गरिने भएको कम्पनीले जनाएको छ । प्रतियोगीतामा १३ वर्ष पूरा भई २२ वर्ष ननाघेका प्रतियोगीहरु सहभागी हुन पाउँछन् ।

जिल्ला स्तरका विजेताहरु राष्ट्रिय प्रतियोगीतामा प्रतिष्पर्धाका लागि पोखरा जान पाउँछन् । ‘पोखरामा हुने राष्ट्रिय प्रतियोगीतामा ७७ वटै जिल्लाका बिजेताहरुबीच प्रतिस्पर्धा हुने खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विधाका २ जना गरी शिर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा पनि जान पाउँछन् ।’

कार्यक्रम संयोजक खनालले कोरोना संक्रमणका कारण पछिल्लो समय विद्यार्थीहरु अनलाइन कक्षामा अभ्यस्त भई राखेकाले प्रतियोगीतामा विद्यार्थीहरुलाई त्यसको फाइदा पुग्ने थप्नुभयो । उहाँले विद्यार्थीहरुमा सिपविकासका साथै खाली समयको सदुपयोग हुने, विश्वकै ठूलो प्रतियोगीतामा सहभागी हुन पाइने, देश–विदेशका विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाइने लगायतका फाइदाहरु सहभागीलाई हुनेछ ।

विगत १८ वर्षदेखि भइरहेको प्रतियोगीतामा सन् २०२० मामात्रै एक सय ३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्र्ड च्याम्पियनसीपको उपाधि प्राप्त गरेको छ । प्रतियोगीतामा सहभागी हुनका लागि फागुन २० गते भित्र फारम भर्नुपर्ने हुन्छ भने सहभागीलाई तालिमको व्यवस्था आयोजक संस्थाले गर्ने छ ।

प्रतिकृया दिनुहोस्