OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १६, २०७७
८४५ पटक

१६ माघ २०७७, शुक्रबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयहरुद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताएको छ ।

फरार अभियुक्त पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सुर्खेत लेनदेन मुद्दाका एक, सार्वजनिक मुद्दाका तीनजना अभियुक्त पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दा दुईजना फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाईएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत एकतानगर टोलस्थित भिमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुईजना युवालाई ३६० मिलिग्राम लागु औषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार लागु औषध बेचबिखन कारोबार गरिरहेको भन्ने सूचना पाउने बित्तिकै प्रदेश ब्युरोको प्रहरी नायब निरीक्षक नारायण शर्मा को टोली कारोवारी रहेको स्थल पुगी पक्राउ गरेको गरेको थियो । पराल मुनि प्लाष्टिकको पुडियामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

“पक्राउ पर्नेमा खजुरा गाउँपालिका ८ बाँके जिल्लामा बस्ने २८ वर्षीय युवाहरु सब्बिर खाँ र सदाम खाँ रहेका छन्,” उहाँले भन्नुभयो, “उनीहरुबाट सेतो रङको १७ वटा नाईट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु.१७ हजार ८५० नगद पनि बरामद गरिएको छ ।” पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्